मिडियाटेकद्वारा ४ एनएम प्रोसेसमा बन्ने डाइमेन्सिटी ९००० फाइभजी चिपसेटको घोषणा

  • Technology Khabar | ३ मंसिर २०७८, शुक्रबार
मिडियाटेकद्वारा ४ एनएम प्रोसेसमा बन्ने डाइमेन्सिटी ९००० फाइभजी चिपसेटको घोषणा

काठमाडौं ।

मिडियाटेकले आफ्नो चालु सम्मेलनका क्रममा नयाँ डाइमेन्सिटी ९००० फाइभजी चिपसेटको घोषणा गरेको छ।

मिडियाटेकको यो चिप टीएसएमसीले ४ एनएम प्रोसेसमा तयार पारेको पहिलो चिप हुनेछ भने यसको कार्यक्षमता र प्रदर्शनमा अझ सुधार आउने अपेक्षा गरिएको छ।

नयाँ सब-६गिगाहर्ज फाइभजी चिपसेट ३.०५ गिगाहर्जसम्मको प्रदर्शन गर्न सक्ने कर्टेक्स-एक्स२ कोर प्रयोग गरिएको पहिलो चिप तथा ब्लूटूथ ५.३ प्रयोग भएको विश्वकै पहिलो स्मार्टफोन चिप हुने बताइएको छ।

यो चिपसेटले स्मार्टफोनमा ७५०० एमबीपीएससम्मको एलपीडीडीआर५एक्स र्याम सपोर्ट गर्छ। यसअघि गीकबेन्चमा डाइमेन्सिटी ९०००ले एन्ड्रोइड फ्ल्यागशिप अर्थात् स्न्यापड्रागन ८८८ स्कोरलाई उछिनेर २०२१ फ्ल्यागशिप अर्थात् एप्पलको एम१ बायोनिक चिपको बराबरको स्कोर गरेको थियो।

यसमा ग्राफिक्सका लागि नयाँ १० कोरयुक्त माली जी७१९जीपीयू राखिएको छ। स्मार्टफोनका लागि ब्लूटूथ ५.३ रहेको यो चिपसेटले वाइफाइ ६ई २x२ पनि सपोर्ट गर्छ।

यसको इमेज सिग्नल प्रोसेसरले एक पटकमा तीनओटा क्यामराबाट ४के एचडीआर भिडियो क्याप्चर गर्न सक्छ। मिडियाटेकका अनुसार यस्ता भिडियो २७० फ्रेम प्रतिसेकेन्डका हुने र यसको आउटपुट १८ बिट ४के एचडीआर भिडयो रहनेछ।

डाइमेन्सिटी ९००० चिप आगामी सन् २०२२ को पहिलो त्रैमासमा विश्वभरी उपलब्ध हुने बताइएको छ।

प्रकाशित: ३ मंसिर २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार