
काठमाडौं ।
भारतीय वित्त प्रविधि कम्पनी पेटीएमले निकालेको २ अर्ब ४७ करोड डलर बराबरको आईपीओ बुधबारको समय सकिनुअघिसम्म लगभग पूरै बिक्री हुनेतर्फ अगाडि बढिरहेको छ।
स्टक एक्सचेन्जको तथ्याङ्क अनुसार बुधबार नेपाली समय अनुसार दिउँसो २ बजेको हाराहारीसम्म यसका लागि ५ करोड ५९ लाख थान शेयरका लागि आवेदन परेको थियो।
संस्थागत लगानीकर्ताले उनीहरुका लागि तोकिएको सङ्ख्याको १.८८ गुणा तथा खुद्रा लगानीकर्ताले १.५ गुणा बढी शेयरका लागि आवेदन दिन सक्छन्।
जोमाटो तथा ई-कमर्स ब्युटी प्लेटफर्म नाइकालागायतका अन्य स्टार्टअप कम्पनीहरुका अगाडि पेटीएमको प्रदर्शन निकै कमजोर देखिएको छ।
जोमाटोको शेयरका लागि जारी गरिएको भन्दा ३८ गुणा बढी तथा नाइकाको ८२ गुणा बढी आवेदन परेको थियो।
प्रकाशित: २५ कार्तिक २०७८, बिहीबार