चिनियाँ अटो जायन्ट गिलीद्धारा इलेक्ट्रिक ट्रक लन्च, टेस्लाको इलेक्ट्रिक ट्रक सेमीको प्रतिद्वन्द्वी

  • Technology Khabar | २३ कार्तिक २०७८, मंगलवार
चिनियाँ अटो जायन्ट गिलीद्धारा इलेक्ट्रिक ट्रक लन्च, टेस्लाको इलेक्ट्रिक ट्रक सेमीको प्रतिद्वन्द्वी

काठमाडौं ।

चीनको गिलीले सोमबार नयाँ इलेक्ट्रिक सेमी ट्रक लन्च गरेको छ । पछिल्लो दिनमा अटोमेकरहरूले व्यावसायिक सवारी साधन बजारमा नयाँ प्रविधि ल्याउन खोजीरहेको बेलामा गिलीले नयाँ इलेक्ट्रिक भेहिकल अनावरण गरेको हो।

गिलीको कमर्शियल भेहिलक ग्रुप, फारिजोन अटोले सन् २०२४ मा नयाँ होमट्रक (Homtruck) रोल आउट गर्ने योजनामा छ र अन्तर्राष्ट्रिय बजारलाई पनि लक्षित गरिरहेको डिभिजनका सीईओ माइक फ्यानले सिएनबीसीलाई बताएका छन्।

“यो उत्पादन विश्वव्यापी बजारको सामना गर्दै डिजाइन र विकास गरिएको हो,” फ्यानले भने, “सिएनबीसीसँगको कुराकानीअनुसार, कम्पनीले नयाँ गाडीको साथ युरोप, कोरिया, जापान र उत्तर अमेरिकाको बजारलाई लक्षित गर्नेछ।”

गिलीको होमट्रक प्रक्षेपण मर्सिडीजको मालिक डेमलरदेखि वारेन बफेट समर्थित बिवाईडीसम्मका धेरै अटोमेकरहरूले आफ्नै इलेक्ट्रिक ट्रकहरू घोषणा गरेको परिप्रेक्षमा आएको छ। टेस्ला, जसले सन् २०१७ मा सेमी नामक आफ्नै ट्रकको घोषणा गरेको थियो, सो गाडीको उत्पादन केही समयको लागि पछाडी सारेको छ।

होमट्रकमा मेथानोल हाइब्रिड र पूर्ण इलेक्ट्रिक सहित विभिन्न पावर विकल्पहरू हुनेछन्। मेथानोलमा आधारित भएर संचालित हुने ब्याट्रीहरू एक प्रविधि हो जसमा गिलीले केही वर्षदेखि लगानी गर्दै आएको छ र यसका केही मोडेलहरूमा हाल यो पावर विकल्प उपलब्ध छ।

फारिजनले होमट्रकको ब्याट्रीहरू पनि बदल्न सकिने बताएको छ, जसले चार्ज गर्नुपर्ने आवश्यकतालाई कम गर्दछ।

इलेक्ट्रिक सेमी ट्रकको भित्री भागमा नुहाउने र शौचालय, सिंगल बेड, फ्रिज, किचन एरिया र एउटा सानो धुने मेसिन रहेको कम्पनीले जनाएको छ।

गिलीले सन् २०३० सम्ममा पूर्णरुपमा इलेक्ट्रिकमा जाने योजना लिएको छ।

प्रकाशित: २३ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...