
काठमाडौं ।
ट्विटरमा इलन मस्कले करका लागि शेयर बेच्नुपर्नेमा बढी मत आएपछि सोमबारको प्रिमार्केट ट्रेडिङमा शेयरको मूल्य ५.४ प्रतिशतले घटेको छ।
मस्ले जनमतमा जतापट्टि बढी मत आउँछ त्यसै गर्ने बताएकामा लगानीकर्ताहरु सीईओ मस्कको निर्णय अनुसार १० प्रतिशत शेयर बेच्न तयार भएपछि शेयर बजारमा यस्तो गिरावट आएको हो।
विश्वकै धनाढ्य मस्कले शनिबार ट्वीटरमा सामाजिक सञ्जाल प्रयोगकर्ताले मत दिएमा करका लागस १० प्रतिशत शेयर बेच्ने भन्दै एउटा पोल अर्थात् जनमत पोस्ट गरेका थिए जसमा शेयर बेच्नुपर्छ भन्नेमा बढी मत परेको थियो।
उक्त करिब ३५ लाख यूजरले मत दिएको जनमतको अन्तिम नतिजामा मस्कले शेयर बेच्नुपर्छ भन्नेमा ५७.९ प्रतिशत मत परेको थियो।
मस्कले यसअघि आगामी तीन महिनामा आफूले ठूलो मात्रामा शेयर किनबेत गर्नुपर्ने र त्यसबाट कर धेरै बढ्ने बताएका थिए। उनले आफूले कतैबाट नगदमा कुनै तलब वा अन्य आम्दानी लिने नगरेकाले करका लागि केही शेयर बेच्ने जनाएका थिए।
मस्कले ट्विटमा आफूसँग शेयर बेच्नुको विकल्प नरहेको र जनमतको नतिजा जे आए पनि स्विकार्ने उल्लेख गरेका थिए।
यो घोषणाअघि प्रति शेयर १ हजार १५६.३ डलरमा कारोबार भइरहेको टेस्लाले शेयरमा गिरावट आएका कारण ६६ अर्ब डलर गुमाउन सक्ने देखिएको छ।
एजेन्सीका साथमा
प्रकाशित: २३ कार्तिक २०७८, मंगलवार