राष्ट्रिय बाणिज्य बैंकको पदपूर्ति आवेदन फाराम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

  • Technology Khabar | २२ कार्तिक २०७८, सोमबार
राष्ट्रिय बाणिज्य बैंकको पदपूर्ति आवेदन फाराम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परिक्षा शुल्क ‘खल्ती डिजिटल वालेट’ बाट भुक्तानी गर्न सकिने भएको छ।

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८०० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ। सो पदमा बैंकको वेबसाइट https://recruitment.rbb.com.np/ बाट अनलाईन आवेदन दिन सकिन्छ ।

अनलाइनमार्फत आवेदन फाराम भरेपछि परिक्षा शुल्क भुक्तानी आफ्नो युजरनेम र पासवर्ड हालेर लग–इन गरेपछि ‘खल्ती’ छनौट गरी तोकिएको शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार