टेन्सेन्टले १ अर्ब २७ करोड डलरमा सुमोको स्वामित्व लिएको सम्बन्धमा अनुसन्धान जारी

  • Technology Khabar | १४ कार्तिक २०७८, आईतवार
टेन्सेन्टले १ अर्ब २७ करोड डलरमा सुमोको स्वामित्व लिएको सम्बन्धमा अनुसन्धान जारी

काठमाडौं ।

अमेरिकाको एउटा सुरक्षा प्यानलले टेन्सेन्ट होल्डिङ्सले १ अर्ब २७ करोड डलरमा सुमो ग्रुपको स्वामित्व ग्रहण गरेको सम्झाैताको अनुगमन गरिरहेको छ।

बेलायतको भिडियो गेम निर्माता कम्पनी सुमोले आफ्नो स्वामित्व चिनियाँ कम्पनीलाई बेचेको बारेमा अनुसन्धान भइरहेको शुक्रबार बताएको हो।

अमेरिका तथा अन्य ४ देशमा पनि आफ्ना स्टुडियो रहेको सुमोले अमेरिकामा वैदेशिक लगानीको अनुमोदन प्राप्त गर्नका लागि टेन्सेन्टले उक्त सम्झाैता स्विकार गरेको बताएको छ।

यस्तो अनुमोदन राष्ट्रिय सुरक्षा खतरा नभएका लगानी तथा संस्थाहरुले पाउने गर्छन्।

अमेरिकामा टिक टकको बिक्री पनि अध्ययन अनुसन्धान गरिरहेको यो गोप्य समूहले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनमा चिनियाँ कम्पनीहरुका यस्ता सम्झोतामाथि निकै नै कडाइ गरेको थियो।

टेन्सेन्टले सुमोसँगको यो सम्झोता गत जुलाइमा गरेको थियो। यो सम्झोता चीनको बजार नियामक संस्थाले भिडियो गेम स्ट्रिमिङ साइटहरु हुया र डुयुलाई प्रतिस्पर्धाविरोधी गतविधि गरेका हिसाबले ब्लक गरिदिएको केही दिनमै भएको थियो।

यो सम्झाैताले सुमोको रेसिंङ तथा स्नूकर गेम तथा टेन्सेन्टको कल अफ ड्युटीलगायतका हाइ प्रोफाइल रेन्जका गेमहरुलाई एउटै थलोमा ल्याउनेछ।

प्रकाशित: १४ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार