ताजा समाचार

फेसबुकको नाम परिवर्तन गरी ‘मेटा’ कायम, मेटाभर्स निर्माण गर्ने कम्पनीको योजना

फेसबुकको नाम परिवर्तन गरी ‘मेटा’ कायम, मेटाभर्स निर्माण गर्ने कम्पनीको योजना
Global IME Bank

फेसबुकले आफ्नो रिब्राण्डको रुपमा कर्पोरेट नाम परिवर्तन गरेर मेटा राखेको छ। कम्पनीले भर्चुअल रियालिटीमा आफ्नो पहुँच बढाउँन कम्पनीलाई रिब्राण्ड गरेको जनाएको छ । कम्पनीकाअनुसार यसले सामाजिक सञ्जालभन्दा बाहिर भर्चुअल रियालिटी (VR) जस्ता क्षेत्रमा आफ्नो पहुँच फराकिलो बनाउँछ।

फेसबुकले आफ्नो मुख्य कम्पनी अर्थात प्यारेन्ट कम्पनीको नाम मात्र परीवर्तन गरेको हो। यो परिवर्तन फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप जस्ता व्यक्तिगत प्लेटफर्महरूमा लागू हुँदैन् ।

अब फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, व्हाट्सएप, ओकुलस लगायतका फेसबुकका प्रडक्टहरु मेटा नामक कम्पनी अन्तर्गत संचालन हुनेछन् ।

यो कदम सुरक्षा र यसको प्रयोगको विषयमा प्रश्न उठिरहेको बेला फेसबुकले चालेको हो । एक पूर्व कर्मचारीद्वारा लीक कागजातहरुको आधारमा फेसबुकको बारेमा नकारात्मक चर्चाहरु पछिल्लो समय धेरै आएका छन् ।

फ्रान्सिस हाउगेनले कम्पनीलाई “सुरक्षामा नाफा” राखेको आरोप लगाएकी छिन्।

सन् २०१५ मा गुगलमाथि पनि यस्तै सुरक्षाको प्रश्न उठिरहेको बेला गुगलले पेरेन्ट कम्पनी बनाएर त्यसको नाम अल्फावेट राखेको थियो । फेसबुकले पनि सोहि शैलीमा पेरेन्ट कम्पनी बनाएर मेटा नाम राखेको बताईएको छ।

फेसबुकका संस्थापक तथा सिईओ मार्क जुकरबर्गले नयाँ नाम घोषणा गर्दै उनले “मेटाभर्स” निर्माण गर्ने योजनाको अनावरण गरे । मेटाभर्सलाई एक अनलाइन संसार मानिन्छ जहाँ मानिसहरूले प्राय: भीआर हेडसेटहरू प्रयोग गरेर भर्चुअल वातावरणमा खेल, काम र कुराकानी गर्न सक्छन्।

उनले भने, “अवस्थित ब्रान्डले हामीले आज गरिरहेका सबै कुरालाई सम्भावित रूपमा प्रतिनिधित्व गर्न सक्दैन, भविष्यमा एक्लै छोड्नेछ र त्यसैले परिवर्तन गर्न आवश्यक छ।”

अब फेसबुक र मेटालाई मेटाभर्स कम्पनीको रुपमा हेरिने उनले आशा गरेका छन्। उनले अब कम्पनीको वित्तीय विवरण पनि फरक फरक रुपमा आउने बताए । मेटाका एपहरुको छुट्टै विवरण र रियालिटी ल्याबको छुट्टै विवरण आउने उनले बताए ।

कम्पनीले थम्ब लोगोलाई हटाएर ‘इन्फिनाइट’ आकार देखिने नयाँ लोगो कायम गरेको छ। मेटा ग्रीक शब्द हो जसको मतलब अगाडी हुन्छ । मेटाभर्स भर्चुअल रियलिटी रहेको र यो इन्टरनेटको भविष्य हुन सक्ने बताईएको छ।

यसको थम्ब्स-अप “लाइक” लोगोलाई निलो इन्फिनाइट’ आकारको साथ बदल्दै कम्पनीले बिहीबार क्यालिफोर्नियाको मेन्लो पार्कमा रहेको मुख्यालयमा एउटा नयाँ चिन्ह पनि अनावरण गर्‍यो।

कम्पनीले आगामी डिसेम्बर १ देखि एमभीआरएस नामबाट शेयर कारोबार हुने बताएको छ।

Sajilo Visa
easy care