स्पोटीफाईका सेवाग्राही १९ प्रतिशतले बढे, विज्ञापनबाट हुने आम्दानीमा ७५ प्रतिशतको वृद्धि

  • Technology Khabar | ११ कार्तिक २०७८, बिहीबार
स्पोटीफाईका सेवाग्राही १९ प्रतिशतले बढे, विज्ञापनबाट हुने आम्दानीमा ७५ प्रतिशतको वृद्धि

काठमाडौं ।

स्पोटीफाई टेक्नोलोजी एसएले तेस्रो त्रैमासिक आम्दानीको लागि वालस्ट्रिटको अनुमानलाई पछाडी छोडेको छ। यसको प्रिमियम सेवाको लागि धेरै सशुल्क ग्राहकहरूले साइन अप गरेका छन् र विज्ञापनदाताहरू संगीत र पोडकास्टहरू बीचमा विज्ञापनहरू प्रसारण गर्न लाइनमा थिए।

स्पोटीफाईको मासिक श्रोताहरूको कुल संख्या तेस्रो त्रैमासिकमा १९ प्रतिशतले बढेर कुल ३८ करोड १० लाख पुगेको विश्वव्यापी म्यूजिक स्ट्रिमिङ सेवाले बुधबार जानकारी दिएको छ।

कम्पनीले ४० करोड देखि ४० करोड ७० लाखको बिचमा श्रोताहरू पुग्ने आशा गरेको छ जसले वर्षको अन्त्यसम्म महिनामा कम्तिमा एक पटक ट्युन गर्दछन्।

कम्पनीका प्रिमियम सब्सक्राइबरहरू, जसले कम्पनीको अधिकांश राजस्वमा योगदान गर्दछन् यो पनि वृद्धि भएर १७ करोड २० लाख पुग्यो र विश्लेषकहरूको यसअघिको अनुमान १७ करोड १७ लाखलाई जितेको छ। यी स्पोटीफाईको सशुल्क सदस्यहरू हुन जसले विज्ञापनरहित सेवा प्रयोग गर्दछन् । यो संख्यामा विज्ञापनका साथ नि:शुल्क सुन्ने प्रयोगकर्ता समावेश छैनन् ।

स्वीडिश कम्पनी स्पोटीफाईले सदस्यताबाट र भुक्तानी नगर्ने सदस्यहरूलाई विज्ञापनहरू प्रस्तुत गरेर कमाउँछ। महामारीको समयमा उच्चस्तरले घटेको विज्ञापनबाट हुने राजस्व ७५ प्रतिशतले बढेर ३७ करोड ६० लाख अमेरिकी डलर पुगेको छ र कम्पनीले विज्ञापनको बिक्रीलाई थप बढाउन सयौं कर्मचारी भर्ना गर्ने योजना बनाएको छ।

पछिल्लो तथ्याङ्कले संसारभरि सदस्यतासहितको संगीत सुन्ने सेवामा स्पोटिफाईको प्रभुत्व दोहोर्याउँछ। कम्पनी आफ्नो नजिकको प्रतिस्पर्धी एप्पल म्युजिक भन्दा निकै माथि रहेको देखिन्छ।

यसका साथमा कम्पनीले पोडकास्टमा पनि ठूलो लगानी गरीरहेको छ।कम्पनीले यसमा थप ध्यान दिने बताएको छ।

स्पोटिफाईका ४०प्रतिशत भन्दा धेरै युरोपेली ग्राहक छन भने २९ प्रतिशत अमेरिकी ग्राहक छन बाँकी विश्वभर छरिएर रहेका छन् ।

नेपालमा पनि स्पोटीफाईले आफ्नो सेवा उपलब्ध गराएको छ। र यसमा नेपाली गीत संगीत पनि उपलब्ध छ ।

प्रकाशित: ११ कार्तिक २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार