नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्न आठ कम्पनीको प्रस्ताव

  • Technology Khabar | ११ कार्तिक २०७८, बिहीबार
नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्न आठ कम्पनीको प्रस्ताव
सांकेतिक तस्बिर

काठमाडौं ।

अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने सरकारको नीतिअनुसार परामर्श सेवा दिन आठवटा अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव पेस गरेका छन् ।

नेपाल दूूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणको आह्वानमा ती कम्पनीले प्रस्ताव पेस गरेको बताए। उनले अन्तरिक्षमा नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्नका लागि त्यसको नियमन, कानुनी संरचना, व्यावसायिक ढाँचा र बिड डकुमेन्ट तयार गर्न पाँच कम्पनीसँग प्रस्ताव माग गरिएकोमा आठवटा अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव पेस गरेको जानकारी दिए ।

अध्यक्ष खनालले भने, “अहिले कम्पनीहरूले गरेको प्रस्तावको प्राविधिक मूल्याङ्कन भइरहेको छ । प्राविधिक प्रस्तावमा उत्तीर्ण भएका कम्पनीको मात्र आर्थिक प्रस्ताव खोली मूल्याङ्कन गरिनेछ ।”

प्राविधिक र आर्थिक मूल्याङ्कनको प्राप्ताङ्क क्रमशः ८० र २० हुन्छ । दुईवटै मूल्याङ्कनमा उत्कृष्ट अङ्क प्राप्त गर्ने एउटा कम्पनी छनोट भई सो कम्पनीसँग कार्य सम्झौता गरी प्रक्षेपणसम्बन्धी काम सुरु हुनेछ ।”

प्राधिकारणले असोज ३१ सम्म आशयपत्र बुझाउन प्राधिकरणले समयसीमा तोकेकोमा सो अवधिमा दशैँ बिदा परेकाले पाँच दिन समय थप गरेको थियो । सोही अवधिमा ती आठ कम्पनीले प्रस्ताव पेस गरेका थिए । गोरखापत्र

प्रकाशित: ११ कार्तिक २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • ११ कार्तिक २०७८, बिहीबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • ११ कार्तिक २०७८, बिहीबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • ११ कार्तिक २०७८, बिहीबार