गुगलद्वारा फिशिङ र मालवयरको ठूलो अभियान विफल

  • Technology Khabar | ५ कार्तिक २०७८, शुक्रबार
गुगलद्वारा फिशिङ र मालवयरको ठूलो अभियान विफल

काठमाडौं ।

टेक जायन्ट गुगलले गत मे यता १६ लाख ओटा फिशिङ ईमेल रोकेको बताएको छ।

यस्ता ईमेलहरु युट्युब एकाउन्टमाथि पहुँच राखेर क्रिप्टोकरेन्सीसम्बन्धी सामग्रीहरुको प्रचार प्रसार गर्ने उद्देश्यले रचिएको मालवयर अभियानको हिस्सा रहेका बताइएको छ।

गुगलका थ्रेट एनालाइसिस ग्रुप टीएजीका अनुसार सन् २०१९ को अन्त्यदेखि यता रुसी ह्याकरहरुले यूट्युबरहरुलाई लक्षत गरेर धेरै कस्टमाइज गरिएको फिशिङ ईमेल तथा कुकी चोर्ने मालवयरहरु पठाउने थुप्रै अभियानहरु कम्पनीले विफल पारिसकेको छ।

यस्ता समूहको मुख्य उद्देश्य यूट्युब एकाउन्ट हाइज्याक गरेर क्रिप्टोकरेन्सीका बारेमा प्रचार सामग्रीहरु लाइभस्ट्रिम गर्ने रहेको थियो। यसबाहेक यी समूहको अन्य आम्दानीको स्रोतमा हाइज्याक गरिएका युट्युब च्यानलहरु ३ डलरदेखि देखि ४ हजार डलरसम्ममा बिक्री गर्नु थियो।

यस वर्षको मे सम्ममा गुगलले १६ लाख यस्ता लक्षित मेसेज तथा ईमेल, ६२ हजार सेफ ब्राउजिङ फिशिङ अलर्टलाई रोक्नुका साथै ४ हजारभन्दा बढी हाइज्याक गरिएका यूट्युब एकाउन्टहरु फिर्ता ल्याएको बताएको छ।

प्रकाशित: ५ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • ५ कार्तिक २०७८, शुक्रबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • ५ कार्तिक २०७८, शुक्रबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • ५ कार्तिक २०७८, शुक्रबार