अब इन्स्टाग्राममा डेस्कटपबाटै पोस्ट गर्न सकिने

  • Technology Khabar | ३ कार्तिक २०७८, बुधबार
अब इन्स्टाग्राममा डेस्कटपबाटै पोस्ट गर्न सकिने

काठमाडौं ।

पहिलो पटक घोषणा गरेको १ वर्षपछि अब भने इन्स्टाग्राममा डेस्कटपमार्फत् नै सामग्री पोस्ट गर्न सकिने भएको छ।

अक्टोबर २१ मा एउटा अपडेट जारी गरेर विश्वभरका यूजरहरुलाई फोटो तथा १ मिनेटसम्मका भिडियो कम्प्युटरको ब्राउजरमार्फत् पोस्ट गर्न सकिने सुविधा उपलब्ध गराइने बुझिएको छ।

यो सुविधाले फोन आफूसँग वा नजिक नभएका बेला पनि यो सामाजिक सञ्जालमा आफ्ना सामग्री पोस्ट गर्न चाहनेहरुका लागि अझ बढी उपयोगी हुने कम्पनीको बुझाइ छ।

इन्स्टाग्रामले डेस्कटपमार्फत् सामग्री पोस्ट गर्ने सुविधाका साथमा मोबाइल यूजरहरुका लागि पनि थुप्रै अपडेटहरु ल्याएको छ।

मंगलबारदेखि उपलब्ध कोल्याब्स टेस्ट नामको फिचरमार्फत् दुई यूजरले मिलेर रील्स तथा पोस्टहरु सिर्जना गर्न सक्दछन्।

यसका लागि स्क्रीनमा ट्याग गरेर अर्को व्यक्तिलाई पोस्ट सिर्जना गर्न आमन्त्रण गर्नुपर्ने हुन्छ। यो पोस्ट दुवै यूजरका फलोअरहरुले देख्न तथा लाइक र कमेन्ट पनि गर्न सक्छन्। यो फिचर सेलिब्रिटीहरुका पोस्टदेखि प्रायोजित सामग्रीका लागि पनि उपलब्ध हुनेछ।

अक्टोबर २० अर्थात् आज बुधबारदेखि उपलब्ध हुने अर्को परीक्षण फिचरमार्फत् नयाँ पोस्ट बटन थिचेर तुरुन्तै गैर नाफामूलक कोष संकलनको काम शुरु गर्न सकिन्छ।

यसबाहेक भोलि बिहीबार अर्थात् अक्टोबर २१ को अपडेट मार्फत् सुपरबिट तथा डाइनामिक लिरिक्सजस्ता रील्सका संगीतमय इफेक्टहरु उपलब्ध हुनेछन्।

प्रकाशित: ३ कार्तिक २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार