गुगलले ७० लाख थान पिक्सेल ६ स्मार्टफोन निर्माण गर्ने

  • Technology Khabar | ३ कार्तिक २०७८, बुधबार
गुगलले ७० लाख थान पिक्सेल ६ स्मार्टफोन निर्माण गर्ने

काठमाडौं ।

गुगलले पिक्सेल ६ सिरिजका स्मार्टफोनहरु ७० लाख थान निर्माण गर्ने भएको छ। यो संख्या यसअघिका पिक्सेल सिरिजहरुको भन्दा निकै धेरै हो।

निक्केइको एक रिपोर्ट अनुसार गुगलले आफ्ना आपूर्तिकर्ताहरुलाई ७० लाखभन्दा बढी थान पिक्सेल ६ सिरिजका स्मार्टफोन निर्माण गर्न आदेश दिएको छ।

यो संख्या गत वर्ष शिपमेन्ट गरिएको समग्र संख्याको दोब्बर हो।आईडीसीको तथ्याङ्क अनुसार सन् २०२० मा गुगलले ३७ लाख पिक्सेल फोन बिक्री गरेको थियो। यसै वर्षको शुरुवातमा सार्वजनिक भएको पिक्सेल ५ए तथा ५जी को बिक्री गत वर्षको तुलनामा बढी हुने आकलन गरिएको छ।

यो सिरिजको फोन पनि ५० लाख थान बनाउन गुगलले आदेश दिएको बताइएको छ।

गुगलले पहिले पिक्सेल ६ को उत्पादन भियतनाममा सार्ने योजना बनाएकोमा कोरोना महामारीका कारण त्यसलाई रोकेर चीनमै उत्पादन गरेको बुझिएको छ।

प्रकाशित: ३ कार्तिक २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Grand Exchange Carnival: “New khojne lai jhyammai”

  • Technology Khabar
  • ३ कार्तिक २०७८, बुधबार