चीनमा फाइभजी प्रयोगकर्ताहरुको संख्या ४५ करोड पुग्यो

  • Technology Khabar | ३ कार्तिक २०७८, बुधबार
चीनमा फाइभजी प्रयोगकर्ताहरुको संख्या ४५ करोड पुग्यो
सांकेतिक तस्वीर

काठमाडौं ।

चीनमा फाइभजी प्रयोगकर्ताहरुको संख्या ४५ करोड पुगेको चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

हाल, यी प्रयोगकर्ताहरुले लगभग ११ लाख ६० हजार ५जी बेस स्टेशनहरु मार्फत नेटवर्क कभरेजको आनन्द लिने गरेको मन्त्रालयका प्रवक्ता लुओ जुन्जीले मंगलबार एक पत्रकार सम्मेलनमा बताएको शिन्ह्वाले उल्लेख गरेको छ।

लुओकाअनुसार देशको दूरसञ्चार क्षेत्रको विकास संगै गीगाबिट अप्टिकल नेटवर्कले अब २० करोड घरधुरीहरुलाई कभर गर्न सक्नेछ।

रिपोर्टकाअनुसार यस वर्षको पहिलो नौ महिनामा दूरसञ्चार क्षेत्रको व्यापार भोल्युम एक बर्ष अघिको तुलनामा २८ प्रतिशतले बढेको छ भने व्यापार राजस्व ८.४ प्रतिशतले बढेको छ।

जुलाईमा जारी एक उद्योग विकास दिशानिर्देशअनुसार, चीनमा फाइभजी प्रयोगकर्ताहरु को संख्या सन् २०२३ सम्म ५६ करोड भन्दा बढि हुने अनुमान गरिएको छ । जतिबेला व्यक्तिगत मोबाइल फोन प्रयोगकर्ताहरुको ४० प्रतिशत भन्दा बढीद्वारा फाइभजी नेटवर्क प्रयोग गरीनेछ।

प्रकाशित: ३ कार्तिक २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार