
काठमाडौं ।
केही समयपछि ३ मिनेटमा ३३ प्रतिशत ब्याट्री चार्ज हुने स्मार्टफोन सार्वजनिक हुँदैछ।
चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमी अघिल्लो वर्ष जुलाईमा आधिकारिक रुपमा १२५ वाट अल्ट्राडार्ट फास्ट चार्जिङ प्रविधिको घोषणा गरेको थियो।
त्यही प्रविधियुक्त स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा कम्पनी जुटेको बुझिएको छ।
यो डिभाइस सन् २०२२ को शुरुवाततिर सार्वजनिक हुनसक्ने रियलमीका उपाध्यक्ष तथा रियलमी इन्डिया, यूरोप ताथ ल्याटिन अमेरिकाका सीईओ माधव शेठले हालै जीएसएमअरिनासँगको एउटा अन्तर्वार्ताका क्रममा जानकारी दिएका छन्।
उनले रियलमी जीटी सीरिज़ अन्तर्गत एउटा नयाँ अल्ट्रा-प्रिमियम फ्ल्यागशिप स्मार्टफोनका बारेमा पनि कुरा गरे तर यसको सार्वजनिक हुने मितिका बारेमा भने स्पष्ट रुपमा केही खुलाएनन्।
के हो अल्ट्राडार्ट फास्ट चार्जिङ प्रविधि?
रियलमीको १२५ वाट अल्ट्राडार्ट फास्ट चार्जिङ प्रविधिमार्फत् ४ हजार एमएएच क्षमताको ब्याट्री ३ मिनेटमा ३३ प्रतिशत चार्ज हुने कम्पनीको दावी छ।
यसका लागि कम्पनीले थ्री-वे चार्जिङ सोल्यूशनको प्रयोग गर्ने बुझिएको छ। थ्री-वे चार्ज प्रढणालीले एकैपटक चार्जिङ पावर बढाउनका लागि स्टेप-डाउन भोल्टेजलाई पम्प गरेर प्रभावकारी रुपमा तापक्रमलाई सन्तुलनमा राख्ने बताइन्छ।
कम्पनीका अनुसार चार्जिङ सोल्यूशन तथा पुरै चार्जिङ प्रक्रियालाई चिस्याउनका लागि अप्टिमाइज गरिन्छ। परिणामस्वरूप ९८ प्रतिशतसम्मको अल्ट्रा-हाई कन्भर्सन रेट प्राप्त हुन सक्छ।
प्रकाशित: २ कार्तिक २०७८, मंगलवार