फेसबुकमा अब याैनजन्य सामग्री पोस्ट गर्नेको एकाउन्ट बन्द हुने

  • Technology Khabar | २ कार्तिक २०७८, मंगलवार
फेसबुकमा अब याैनजन्य सामग्री पोस्ट गर्नेको एकाउन्ट बन्द हुने

काठमाडौं ।

फेसबुकले अब योनजन्य सामग्री  पोस्ट गर्नेहरुको एकाउन्ट सिधै बन्द गरिदिने भएको छ।

कम्पनीले हालै आफ्नो नीतिमा अपडेट गरेपछि यस्ता अवाञ्छित क्रियाकलाप सम्बन्धी सामग्री पोस्ट गर्नेको एकाउन्टमाथि प्रतिबन्ध लगाउने भएको हो।

यस अन्तर्गत यदि कुनै यूजरले सेलिब्रिटी, राजनीतिज्ञ, क्रिकेटर तथा पत्रकारलगायतका व्यक्तिहरुलाई लषित गरेर अफवाह तथा भ्रामक कमेन्टहरु पोस्ट गरेमा पनि उनीहरुको विरुद्ध कदम चालिने बताइएको छ।

जस अन्तर्गत कम्पनीले यूजरको प्रोफाइल, पेज, ग्रुप या इभेन्ट नै सधैंका लागि हटाइदिन सक्छ।

फेसबुकका ग्लोबल सेफ्टी हेड एन्टीगोन डेभिसले एउटा ब्लग पोस्टमा अन्य व्यक्तिहरुको छवि धमिल्याउने तथा अनलाइन उत्पीड़न गर्ने यूजरमाथि कडाइका साथ प्रस्तुत हुने बताएक छन्।

कम्पनीले नीतिमा परिवर्तन गरेर सार्वजनिक व्यक्तित्व तथा सर्वसाधारणबीचको फरक प्रस्ट पार्न खोजेको देखिन्छ।

इन्बक्समा मेसेज पठाउने नियममा पनि परिवर्तन हुनेछ भने कम्पनीले प्रोफाइल र पोस्टमा आउने कमेन्टहरुलाई सुरक्षित बनाउनेछ। यसबाट अनलाइन उत्पीडन बाट बचाउन सकिने कम्पनीको बुझाइ छ।

प्रकाशित: २ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • २ कार्तिक २०७८, मंगलवार