
काठमाडौं ।
हालै बाहिर आएका चर्चाहरुका अनुसार सामसङले ल्याउन लागेको ग्यालेक्सी एस२२ अल्ट्रा हुन सक्ने आकलन गरिएको छ।
आगामी अगस्ट ११ का दिन कम्पनीले ग्यालेक्सी अन्प्याक्ड इभेन्ट गर्ने तय गरेको छ जसमा ग्यालेक्सी एस२२ तथा ट्याब एस८ पनि सार्वजनिक हुनसक्ने अपेक्षा गरिएको छ।
यो वर्ष पनि गत वर्ष झैं भ्यानिला ग्यालेक्सी एस२२, एस२२+ तथा एस२२ अल्ट्रा आउन सक्ने अपेक्षा गरिएको छ। हालसम्म बाहिरिएका लीकहरुमा डिभाइसको डिस्प्ले साइज, ब्याट्री क्षमता, रंग तथा आईफोन १३ सँगको तुलना समावेश छन्।
यसमा ग्यालेक्सी नोटमा झैं भित्र स्लटसहितको एस पेन उपलब्ध हुने पनि कतिपयको दावी छ।
वनलीक्स नामक लिकस्टरले भने ग्यालेक्सी एस२२+ लाई एस२२ प्रो का नामले ल्याउन लागेको बताएका छन्।
Oh, in case anyone is wondering, S22 is currently still S22. No Lite, no FE, just S22. https://t.co/iBwTN4DrIz
— Chun Bhai (@chunvn8888) September 25, 2021
प्रकाशित: १० आश्विन २०७८, आईतवार