ह्वावे कनेक्ट २०२१ शुरु, उद्योगहरुलाई डिजिटलमा जान मद्दत गर्दै कम्पनी

  • Technology Khabar | ८ आश्विन २०७८, शुक्रबार
ह्वावे कनेक्ट २०२१ शुरु, उद्योगहरुलाई डिजिटलमा जान मद्दत गर्दै कम्पनी

काठमाडौं ।

ग्लोबल आईसीटी उद्योगको लागि ह्वावेको वार्षिक प्रमुख कार्यक्रम – ह्वावे कनेक्ट २०२१ बिहिबारदेखि शुरू भएको छ। ह्वावेका रोटेटिंग अध्यक्ष एरिक जूले “इनोभेटिंग ननस्टप फर फास्ट डिजिटलाइजेशन” शीर्षकमा मन्तव्य राखी कार्यक्रमको उद्घाटन गरे।

यस बर्षको कार्यक्रम “डाइभ इन्टु डिजिटल”, डिजिटल प्रविधिको महत्वपूर्ण व्यापारिक चुनौतिहरुलाई सम्बोधन गर्न कसरी व्यापार परिदृश्य र उद्योगका नो–हाउसंग एकीकृत गर्न सकिन्छ र कसरी स्टेकहोल्डरहरु खुल्ला उद्योग इकोसिस्टमलाई बढावा दिन र साझा सफलतालाई बढावा दिनको लागि प्रभावकारी ढंगले काम गर्न सक्छन् भन्ने कुराको अन्वेषण गर्दछ।

कार्यक्रममा चार किनोट्स, पाँच शिखर सम्मेलन र ६६ सत्रहरु निर्धारण गरीएको छ जहाँ उद्योगका भिजनरीज्, व्यापार लिडर, शीर्ष टेक विशेषज्ञहरु र इकोसिस्टम साझेदार समावेश भएको २०० भन्दा बढी स्पिकरहरु छन् ।

यो ह्वावेको कर्पोरेट वेबसाइट र यसका मिडिया पार्टनरहरु मार्फत ११ भाषाहरुमा प्रत्यक्ष प्रसारण हुनेछ । कार्यक्रममा अनलाइन प्रदर्शनी, प्रदर्शनी हलहरुको लागि रिमोट भ्रमण र खुला प्यानल छलफल, अनलाइन अन्तरक्रिया र वान–स्टप अनुभवहरुलाई सक्षम बनाउने जस्ता सुविधाहरु हुनेछ।

आफ्नो मुख्य मन्तव्यमा जूले उद्योगहरुलाई डिजिटलमा जान मद्दत गर्नु हरेक व्यक्ति, घर र संगठनलाई पूर्ण रूपमा कनेक्टेड, इन्टेलिजेन्ट संसारमा डिजिटल कसरी पहल्याउने ह्वावेको एउटा महत्वपूर्ण मिशन भएको बताए। जूले भने, “डिजिटल विकास डिजिटल प्रविधिमा निर्भर गर्दछ । डिजिटल प्रविधि प्रासंगिक रहनको लागि हामीले इनोभेट र भ्यालु सिर्जना गर्न जारी राख्नु पर्दछ । क्लाउड, एआई र नेटवर्क तीन महत्वपूर्ण डिजिटल प्रविधि हुन्, जूले ह्वावेले यी तीन क्षेत्रहरुमा गरेको प्रगति, ह्वावेले लो–कार्बन विकास गर्न के गर्दै छ र समग्रमा उद्योग कहाँ जाँदै छ भन्ने कुरा सेयर गरे।

जूले ह्वावे क्लाउड, कम्पनीको क्लाउड सेवा जुन केवल चार बर्ष पहिले शुरू गरीएको थियो, अहिले नै २.३ मिलियन भन्दा बढि विकासकर्ताहरु, १४,००० परामर्श साझेदारहरु, र ६,००० प्रावधिक साझेदारहरुलाई सँगै ल्याएको छ र ह्वावे क्लाउड मार्केटप्लेसमा ४,५०० भन्दा बढी सेवाहरु उपलब्ध गराएको बताए । यो इन्टरनेट कम्पनी, उद्यम र सरकारहरुलाई समान रूपमा आफ्नो संगठनहरुलाई डिजिटलतिर लाने एक महत्वपूर्ण प्लेटफर्म बन्न पुगेको छ ।

कार्यक्रममा, जूले उद्योगको पहिलो वितरित UCS – a ubiquitous cloud-native service भनिने क्लाउड–नेटिभ सेवा लन्च गरे, जुन ह्वावे क्लाउडमा उपलब्ध छ । यूसीएसको साथ ह्वावेले उद्यमहरुलाई लगातार अनुभव प्रदान गर्ने योजना बनाएको छ, साथै क्लाउड–नेटिभ एप्लिकेसनको उपयोग भौगोलिक, क्रस–क्लाउड वा ट्राफिक सीमाहरुले सिमित छैन जसले सबै उद्योगहरुमा डिजिटल रूपान्तरण को गति बढाउँदछ।

ह्वावेको फुल–स्ट्याक, अल–सिनारीयो एआई पोर्टफोलियो २०१८ मा जारी गरीएको र अपेक्षित रूपमा प्रगति गरीरहेको छ । यसको माइण्डस्पोर फ्रेकर्वोक चीनमा मेनस्ट्रिम एआई कम्प्युटिंग ढाँचा भएको छ । यस बीच, एटलस ९०० क्लस्टर, साथै क्लाउड सेवाहरु यसमा आधारितहरु वर्तमानमा ३०० भन्दा बढी उद्यमहरुको सेवामा छ जसले ह्वावे क्लाउड Pangu ठूला मोडेलहरु रहेको धेरै मोडेलहरुको प्रशिक्षणलाई समर्थन गर्दछ । ह्वावे क्लाउड ModelArts ले AI एप्लिकेसन विकासलाई यसको पाइपलाइन, सिनारियो–आधारित सेवाहरुसंगै धेरै सजिलो बनाएको छ । ModelArts को एन्ड गोल हरेक इन्जिनियरलाई स्वतन्त्र रुपमा आफ्नै एआई एप्लिकेसनहरुको विकास गर्न सक्षम बनाउनु हो ।

जूले नेटवर्क डोमेनमा ह्वावेको इनोभेसनको परिचय दिए। जसरी संगठनहरु डिजिटलमा जान्छन्, उनीहरु नेटवर्क जटिलतामा छिटो बृद्धि देख्छन्। यसलाई घटाउनको लागि, ह्वावे अटोनोमस ड्राइभिंग नेटवर्क (ADN) को अवधारणाको आधारमा ग्लोबल नेटवर्कको लागि सोलुसन इनोभेट गरी रहेको छ।

कम्पनी वित्त, शिक्षा र स्वास्थ्य सेवा क्षेत्रहरुमा ग्राहकहरुसंग इनोभेट गर्न र नयाँ अनुप्रयोगहरुको डिप्लोइको लागि काम गरी रहेको छ र नेटवर्कहरुको निर्माण गरीरहेकोछ जो सेल्फ्-फुलफिल्लिङ, सेल्फ–हिलिंग, सेल्फ–अप्टिमाइजिंग र अटोनोमस छन् ।

जूले कसरी ह्वावे लो–कार्बन विकासको समर्थन गर्न डिजिटल प्रविधिको उपयोग ग्लोबल प्रयासको अंगको रूपमा पिक कार्बनडाइअक्साइड इमिसन र कार्बन न्यूट्रालिटि हासिल गर्नको लागि कार्य गरीरहेको बताउनुभयो । विशेष गरी, ह्वावे तीन प्रमुख पहलहरुमा केन्द्रित छ :

१_ लो–कार्बन आईसीटी उद्योगको लागि अधिक एनर्जी–इफिसियन्ट आईसीटी उत्पादनहरुलाई वितरण गर्नको लागि एनर्जी–सेभिंग प्रविधिमा लगानी र इनोभेसन;

२_ पावर इलेक्ट्रोनिक्स र डिजिटल प्रविधि क्लिन एनर्जी र परम्परागत एनर्जीको डिजिटलाइजेशनलाई बढावा दिने इनोभेसनमा लगानी; र

३_ सबै क्षेत्रहरुलाई डिजिटल र लो–कार्बनमा जान मद्दत गर्न डिजिटल प्रविधि प्रदान गर्ने ।

झांग पिंगआन, क्लाउड बिजनेस यूनिटका सिईओ र ह्वावे उपभोक्ता क्लाउड सेवाको अध्यक्ष, ह्वावे क्लाउडको रणनीतिक पहलको बारेमा विस्तृत जानकारी दिए र कार्यक्रममा नयाँ सेवाहरु र उत्पादनहरु शुरू गरे । “सफल डिजिटल रूपान्तरणको बाटो भनेको क्लाउड नेटिभ बारे सोच्नु र क्लाउड नेटिभ जसरी कार्य गर्नु हो । ” झांग पिंगआनले भने । “ह्वावे क्लाउडले डिजिटलमा डुब्न र सबै कुरालाई सेवा को रूपमा सन्चालन गर्न सम्भाव्यताको अन्वेषण गर्नको लागि हाम्रा ग्राहक र साझेदारसंग सामेल भएको छ – विश्वव्यापी पहुँचको लागि सेवाको रूपमा पूर्वाधार, फराकिलो इनोभेसनको लागि सेवाको रूपमा प्रविधि र साझा उत्कृष्टताको लागि सेवाको रूपमा विशेषज्ञता । ”

झांगले मेक्सिको र चीनको उलान्काबमा दुई नयाँ क्षेत्रहरुको घोषणा गर्नुभयो र १० नयाँ ह्वावे क्लाउड सेवाहरु शुरू गरे । घोषणामा MacroVerse –ह्वावे क्लाउड aPaaS, OptVerse AI Solver, ह्वावे क्लाउड स्ट्याक ८=१, SparkRTC – रीयल–टाईम अडियो र भिडियो सेवा र Pangu, ड्रग मोड्युलको लागि एक ठूलो मोडेल सामेल थियो ।

उक्त कार्यक्रममा सामेल ग्राहक र साझेदारहरुमा क्रिस्टोफ ओजर, अरेन्ज क्लाउडका हेड (अरेन्ज फ्लेक्जीबल इन्जिन) एपाकका प्रमुख; वू किआंग, टियांजिन पोर्ट होल्डिंग्सका उपाध्यक्ष; चेन हाइनिंग, शंघाई पुडोंग विकास बैंकबाट आईटी विभागका महाप्रबन्धक; र जिआंग चुआनरोंग, शंघाई मिरर पिब्चरस्का अध्यक्ष रहेका छन् । उनीहरुले आफ्नो डिजिटल रूपान्तरणको ह्वावेसंग संयुक्त इनोभेसनको आफ्नो अनुभवको वर्णन गरे ।

वू किआंगले भने, “तिआनजिन पोर्ट लगभग २० मिलियन कन्टेनरको वार्षिक थ्रोपुट सहित संसारको शीर्ष १० पोर्टहरुमध्ये एक हो । ह्वावे क्लाउड OptVerse AI Solver ले हाम्रो योजनाको गति १०० भन्दा बेसीले बढाउँछ जुन लाखौंको भेरीएबल र कँस्ट्रेस्, अधिकतम श्रोत सेड्युलिंग र सुपरचार्ज अपरेशन दक्षतामा आधारित छ । ”

जूले आफ्नो मन्तव्यको अन्त्य गर्दै भने, “ननस्टप इनोभेसन अहिले सम्म डिजिटलकरणको ड्राइभिङ र्फोस रहेको छ । अगाडि बढ्दै जाँदा यदि हामी डिजिटलाइजेशनको लागि अधिक महत्वकांक्षी लक्ष्यहरु हासिल गर्ने आशा गर्छौं भने ननस्टप इनोभेसन प्रमुख नै रहनेछ । त्यसैले एक राम्रो भविष्यको लागि ननस्टप इनोभेट गर्दै गरौं । ”

ह्वावेले ह्वावे कनेक्ट २०२१ सेप्टेम्बर २३ देखि अक्टोबर ३१ सम्म अनलाइन होस्ट गर्दैछ । यस बर्षको कार्यक्रमको थिम डाइभ इन डिजिटल हो ।

प्रकाशित: ८ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार