कामना सेवा विकास बैंकले ल्यायो डिजिटल वालेट, खाता नभएपनि वालेट खोल्न सकिने

  • Technology Khabar | ८ आश्विन २०७८, शुक्रबार
कामना सेवा विकास बैंकले ल्यायो डिजिटल वालेट, खाता नभएपनि वालेट खोल्न सकिने

काठमाडौं ।

कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डिजी (डिजिटल वालेट) सेवा संचालनमा ल्याएको छ। कामनाले यो सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा ल्याएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको सुभारम्भ गरे।

यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाहरुले पनि घरमै बसी झन्झटरहित तरिकाले मात्र केहि कागजातहरु अपलोड गरी केएस डिजि वालेट खोल्न सक्नेछन् ।

यस डिजिटल वालेट खोल्न एपमा फेस रिकग्निसन गर्नसक्ने आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग भएको छ । साथै, अकाउन्ट ओपनिङ्ग, लोन एप्लिकेसन, इन्टर अपोरेबल क्युआर, एमक्यास लगायतका बैकिङ्ग सेवा तथा सुविधाहरु रहेका छन् ।

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ७६ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित: ८ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • ८ आश्विन २०७८, शुक्रबार