टेस्लाको अर्को पुस्ताको सेल्फ ड्राइभिङ्ग चिप्स बनाउन सामसङ छलफलमा

  • Technology Khabar | ८ आश्विन २०७८, शुक्रबार
टेस्लाको अर्को पुस्ताको सेल्फ ड्राइभिङ्ग चिप्स बनाउन सामसङ छलफलमा

काठमाडौं ।

सामसङले टेस्लाको अर्को पुस्ताको सेल्फ ड्राइभिङ्ग चिप्स बनाउनको लागी टेस्लासँग छलफलमा रहेको एक दक्षिण कोरियाली समाचारपत्रले बिहीबार रिपोर्ट गरेको छ। सो चिप सामसंगको ७ नानोमीटर चिप उत्पादन प्रक्रियामा आधारित रहेको छ।

यस बर्षको शुरुदेखि नै टेस्ला र सामसङले धेरै पटक चिप डिजाइनको बारेमा छलफल गरेका छन् र टेस्लाको आगामी हार्डवेयर ४ सेल्फ ड्राइभिङ्ग कम्प्युटरका लागि चिप प्रोटोटाइप आदान प्रदान गरेका कोरिया इकोनोमिक डेलीले स्रोतलाई उद्धृत गर्दै यस विषयमा प्रत्यक्ष जानकारी दिएको छ।

यदि सामसङले अर्डर जित्यो भने सो सेभेन नानोमीटर उत्पादन प्रक्रियामा चिप बनाउने अपेक्षा गरिएको रिपोर्टमा उल्लेख छ । सामसङले यसअघि नै टेस्लाको हालको हार्डवेयर ३ कम्प्युटरका लागि चिप्स उत्पादन गरिसकेको छ।

टेस्लाका प्रमुख कार्यकारी इलन मस्कले अगस्टमा कम्पनीको एआई डे कार्यक्रममा टेस्लाले आफ्नो इलेक्ट्रिक पिकअप ट्रक ‘साइबरट्रक’ को लागी चाहिने एक सेल्फ ड्राइभिङ्ग कम्प्युटरको लागी “लगभग एक बर्ष” मा नयाँ हार्डवेयर पेश गर्ने बताएका थिए।

चिप सम्झौता निर्माण उद्योगमा, सामसंग टिएसएमसी पछि दोस्रो कम्पनी हो । विश्लेषण प्रदायक ट्रेन्डफोर्सको अनुसार जून महिनाको अन्त्यसम्म टिएसएमसीसँग बजारको ५२.९ प्रतिशत बजार शेयर छ भने सामसङको केबल १७.३ प्रतिशत मात्र रहेको छ।एजेन्सी

प्रकाशित: ८ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride hosts road safety orientation program

  • Technology Khabar
  • ८ आश्विन २०७८, शुक्रबार