आर्थिक समाचार

शाओमी नेपालको “दशैँविथ मी” नामक अभियान, विभिन्न पुरस्कारहरु जित्न सकिने मौका

शाओमी नेपालको “दशैँविथ मी” नामक अभियान, विभिन्न पुरस्कारहरु जित्न सकिने मौका
Global IME Bank

शाओमी नेपालले “महापर्वको उमङ्ग” को ट्यागलाइन अन्तर्गत “दशैँविथ मी”नामको दशैँं अभियान सञ्चालन गरिरहेको छ।

यस अफर अन्तर्गत एमआई टिभीको खरिदमा, एक भाग्यशाली ग्राहकले दैनिक एमआई वाच लाइट प्राप्त गर्नेछन् र एमआई फोन वा पोको फोनको खरीदमा, दुई भाग्यशाली ग्राहकहरुले दैनिक एमआई ब्लूटूथ स्पीकर पाउनेछन्।

यो अभियान भदौ १६, २०७८ मा शुरू भएर यसको समापन असोज २९, २०७८ मा हुने बताईएको छ।

ग्राहकहरुले यस अभियानको दौरानमा विभिन्न पुरस्कारहरु जित्न सक्नेछन् जसलाई तल सूचिबद्ध गरिएको छः

सि.नं. उत्पादनहरु उपहारहरु प्रतिव्यक्ति समय अवधि
१ शाओमी र पोको मोबाइल एमआई ब्लूटुथ स्पीकर २ दैनिक
२ एमआई टिभी एमआई लाईट वाच १ दैनिक
३ शाओमी र पोको मोबाइल एमआई टिभी ४३ इन्च १ साप्ताहिक
४ एमआई टिभी रेडमी नोट  १० प्रो १ साप्ताहिक
५ शाओमी र पोको मोबाइल एमआई टिभी ६५ इन्च ४ बम्पर
६ एमआई टिभी एमआई ११ स्मार्टफोन ४ बम्पर
Sajilo Visa
easy care