भारतको वार्षिक सफ्टवेयर सेवा निर्यात १४८.३ अर्ब अमेरिकी डलर, सबैभन्दा ठूलो बजार अमेरिका

  • Technology Khabar | ६ आश्विन २०७८, बुधबार
भारतको वार्षिक सफ्टवेयर सेवा निर्यात १४८.३ अर्ब अमेरिकी डलर, सबैभन्दा ठूलो बजार अमेरिका

काठमाडौं ।

छिमेकी देश भारतको सफ्टवेयर सेवा निर्यात २०२०-२१ मा २.१ प्रतिशतले बढेर १४८.३ अर्ब अमेरिकी डलर बराबर पुगेको छ। यो निर्यात तथ्यांकमा भारतीय कम्पनीहरुसँग सम्बद्ध विदेशी संस्थाहरुको सेवाहरु पनि समावेश छ।

भारतीय रिजर्व बैंक (आरबीआई) द्वारा सोमबार जारी सर्वेक्षण प्रतिवेदनबाट सो सफ्टवेयर निर्यातको जानकारी बाहिर आएको हो ।आरबीआईले कम्प्यूटर सफ्टवेयर र सूचना प्रविधि सम्बन्धी सेवाहरुको निर्यातमा २०२०-२१ को वार्षिक सर्वेक्षण जारी गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

भारतको केन्द्रीय बैंकका अनुसार, भारतको सफ्टवेयर सेवाहरुको निर्यात (वाणिज्यिक उपस्थितिको माध्यमबाट निर्यात बाहेक) सन् २०२०-२१ मा चार प्रतिशतले बढेर १३३.७ अर्ब डलर भएको छ। २०२०-२१ मा विदेशी सम्बद्ध निकायहरुको वाणिज्यिक उपस्थितिका साथमा सफ्टवेयर निर्यात १४.६ अर्ब डलर भयो।

भारतको सफ्टवेयर निर्यातको सबैभन्दा प्रमुख गन्तव्य अमेरिका हो। जहाँ सफ्टवेयर निर्यात बजारमा सो देशको शेयर हिस्सा ५४.८ प्रतिशत रहेको छ।

सफ्टवेयर सेवा निर्यात २.१ प्रतिशत वृद्धि

आरबीआईकाअनुसार, सम्बद्ध विदेशी इकाईहरु सहित भारतीय कम्पनिहरुको कुल सफ्टवेयर सेवा निर्यात २०२०-२१ मा २.१ प्रतिशतले बढेर १४८.३ अर्ब डलर भएको छ। कुल सफ्टवेयर सेवा निर्यातमा कम्प्युटर सेवा र आईटी सम्बन्धि सेवाहरुको हिस्सा क्रमशः ६५.३ प्रतिशत र ३४.७ प्रतिशत रहेको छ। सूचना प्रविधि (आईटी) सम्बद्ध सेवाहरु (आईटीईएस) को निर्यातमा बीपीओ (बिजनेस प्रोसेस आउटसोर्सिंग) सेवाहरुको प्रभुत्व देखिएको छ।

केन्द्रीय बैंकले भन्यो, “सफ्टवेयर निर्यातको प्रमुख गन्तव्य ५४.८ प्रतिशतको साथमा अमेरिका थियो। यूरोपको शेयर ३०.१ प्रतिशत रहेको छ र यसमध्ये बेलायतसँग यसको आधा हिस्सा थियो।

सन् २०२०-२१ को सर्वेक्षणको लागी ६,११५ सफ्टवेयर निर्यात गर्ने कम्पनीहरुलाई सम्पर्क गरीएको थियो, जसमध्ये १,८१५ कम्पनीहरुले प्रतिक्रिया दिएका थिए, र त्यसमा प्रायः ठूला कम्पनीहरु सहभागी थिए।

प्रकाशित: ६ आश्विन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार