वैज्ञानिक खोज अनुसन्धानमा संलग्न नवप्रतिभालाई प्रोत्साहित गरिने

  • Technology Khabar | ३० भाद्र २०७८, बुधबार
वैज्ञानिक खोज अनुसन्धानमा संलग्न नवप्रतिभालाई प्रोत्साहित गरिने
फाइल तस्विर

काठमाडौं ।

नवौँ विज्ञान दिवसका अवसरमा आमनागरिकलाई विज्ञानबारे सुसूचित गर्ने तथा वैज्ञानिक खोज अनुसन्धानमा संलग्न नवप्रतिभालाई प्रोत्साहित गरिने भएको छ।

यस वर्ष ‘विज्ञान र प्रविधिको उन्नत विकास: प्रकोप र महामारीबाट सहज निकास’ भन्ने मूल नारासाथ आगामी असोज १ गते नवौँ विज्ञान दिवस मनाइँदैछ।

विज्ञान तथा प्रविधि हेर्ने सचिव सुरेश आचार्यले विज्ञान दिवस मनाउन स्थानीय तहमासमेत पत्राचार गरिएको जानकारी दिए। उनले विज्ञान कूूटनीतिकसम्बन्धी बहस पैरवीमार्फत नेपालमा विज्ञान तथा प्रविधिका क्षेत्रमा लगानी भित्र्याउन विदेशीस्थित नेपाली दूतावासलाई समेत आग्रह गरिएको बताए ।

विज्ञान प्रविधिको विकासमा महìवपूर्ण योगदान पुर्याउने अमृत साइन्स क्याम्पस स्थापनाको अवसर पारेर असोज १ गते विज्ञान दिवस मनाउन थालिएको हो।

यो दिवस २०७० सालबाट मनाउन थालिएको छ। गोरखापत्र

प्रकाशित: ३० भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Samsung Nepal Launches Galaxy Z Fold8 Series with Galaxy AI and a Smarter Ownership Ecosystem

  • Technology Khabar
  • ३० भाद्र २०७८, बुधबार