काठमाडौं ।
टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक युवती बेपत्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदी (रक गार्डेन) मा खस्दा लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएकी हुन् ।
५ दिनअघि मात्र विवाह भएकी उनी दुल्हन फर्काउन माइती आएको बेलामा सेती नदी नजिकैको पुल्चोकमा टिकटक बनाउने क्रममा चिप्लिदा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
उनी माथिल्लो काठको पुल छेउमा रहेको ढुंगामा उभिएकी र चिप्लिएर नदीमा खसेको उनका साथीहरुले बताएको प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए ।
नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता लम्सालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: ३० भाद्र २०७८, बुधबार