
काठमाडौं ।
नबिल बैंकले कर्मचारीहरुको कार्यदक्षतालाई स्तरोन्नति गर्न “नबिल डिजी वर्कस्पेस” ल्याएको छ। यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने छ।
सम्पूर्ण कर्मचारीले आफुले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्ने छन् र विद्युतिय प्रणालिबाट उक्त कामको प्रक्रिया अगाडि बढ्नेछ । नबिल डिजी वर्कस्पेसको उद्घाटन गर्दै बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले कागज विहिन काम गर्ने वातावरण अबको आवश्यकता भएको बताए।
सोही कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नबिल डिजी वर्कस्पेसमा आएको काम स्विकृत गरेका थिए ।
नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरुले आफूले दैनिक गर्नुपर्ने काम कहाँ छन्, कोसँग छन् तिनिहरुको जानकारी सहजै एक क्लिकबाट भेटिने छ । यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुनेछ भन्ने कुरामा बैंक विश्वस्त रहेको उल्लेख गरेको छ।
अबका दिनमा फाइल स्विकृत गर्ने कर्मचारीहरुले सिस्टम अलर्ट पाउनेछन र त्यहाँ अपलोड गरिएका फाइलहरु हेरेर ग्राहकका कामहरु स्विकृत गर्न सक्नेछन्। यसले कागजी प्रकृया बिना तिब्ररुपमा अनिर्णित कामहरु सम्पादन गर्न सहयोग पुग्ने बैंकले जनाएको छ।
प्रकाशित: २० भाद्र २०७८, आईतवार