उपाय सिटी कार्गोले काठमाडौंमा सुरु गर्यो बाइकमा कार्गो ढुवानी सेवा

  • Technology Khabar | २० भाद्र २०७८, आईतवार
उपाय सिटी कार्गोले काठमाडौंमा सुरु गर्यो बाइकमा कार्गो ढुवानी सेवा

काठमाडौं ।

डिजिटल कार्गो सेवा प्रदायक उपाय सिटी कार्गोले युकेएडको स्किल्स फर एम्प्लोयएमेन्ट प्रोग्राम-सीपको साझेदारीमा काठमाडौं उपत्यकामा बाइक (दुई पाङ्ग्रे सवारी) मार्फत कार्गो ढुवानी सेवा सुरु गरेको छ।

डिजिटल नेपालको ढुवानी सेवाको मेरुदण्ड बन्ने लक्ष बोकेको उपाय सिटीकार्गोले दुई पाङ्ग्रे सवारी मार्फत सेवा सुरु गरेसँगै अब भारी सामानहरुको लागि मात्र नभई साना वस्तुहरू र पार्सल डेलिभरीका लागि सहज हुने बताइएको छ।

‘दुई पाङ्ग्रे ढुवानीको भविष्य’ बिषयमा अन्तरक्रिया गर्दै सार्वजनिक गरिएको कार्यक्रममा बोल्दै उपाय सिटी कार्गोका अध्यक्ष सुमन रायमाझीले समावेशीकरणमा ध्यान केन्द्रित गर्दै आफ्ना कार्यहरूमा लैङ्गिक समानताका साथै वातावरणीय सचेत रही अघि बढ्ने बताए।

उपायले टेक्नोलोजी प्लेटफर्मको सदुपयोग गरी उत्पन्न गरेको रोजगारी केही महिना अघि सम्म अस्तित्वमा नरहेको र अहिले टेक्नोलोजी प्लेटफर्मको साथ, नेपालमा नयाँ रोजगारी सृजनाको ठूलो सम्भावना उजागर गरेको सीपका परियोजना प्रमुख बल्जित वोहरा बताउँछन्।

‘उपाय एक रोचक र स्केलेबल कम्पनी हो’ उपायका लगानी साझेदार डोल्मा इम्प्याक्ट फण्डका प्रबन्ध निर्देशक विद्यावारिधी सिग्देल थप्छन्, ‘असंगठित क्षेत्रलाई समन पूर्वक इंट्रासिटी लजिस्टिक समाधानमा परिवर्तन गर्ने क्षमता उपायले बोकेको छ।’

सीप र उपाय सिटीकार्गोको साझेदारीले आप्रवासी कामदार, महिला र अन्य सामाजिक तथा आर्थिक रूपले विपन्न समूहलाई लक्षित गर्दै उपायले २ हजार ड्राइभररदुई पाङ्ग्रे राइडर साझेदारहरूलाई डिजिटल साक्षरता, ई-बैंकिंग र ग्राहक सेवाहरूमा ध्यान केन्द्रित गर्दै स्वरोजगार सिर्जना गर्न प्रशिक्षण दिने बताइएको छ ।

विद्युतिय सवारीको प्रयोग र दिगो कुलिङ अन्वेषण गर्दै पर्यावरण-मैत्री कम्पनीको रूपमा देखा पर्ने रायमाझी बताउँछन् । महिला उद्यमीहरूको चुनौतीलाई हल गर्दै अघि बढाउन र स्वतन्त्र हुन उपायको भुमिका रहने उपायको कर्वी क्विन कलेक्सनको सँस्थापक ऐश्वर्या राय बताउँछिन् ।

उपाय सिटीकार्गोले प्रचलित बजार दरको तुलनामा कम मूल्य र छिटो ढुवानी सेवाका लागि ड्राइभर र दुई पाङ्ग्रे राइडर-साझेदारहरूको ठूलो सञ्जालका साथै सुविधाजनक मोबाइल ट्र्याकिङ र कर बीजकको व्यवस्था गरेको बताइएको छ ।

भारी सामान तथा पार्सल कार्गो गर्न चाहनेले उपाय सिटी कार्गोको मोबाइल एप वा अफिसियल वेबसाइट citycargo.upaya.com.np मार्फत आवस्यक चार वा दुई पाङ्ग्रे सवारी बुकिङ गर्न सक्नेछन् । सवारी तत्कालका लागि वा तालिका सेट गरेर बुकिङ गर्न सकिने जनाएको छ।

प्रकाशित: २० भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

  • Technology Khabar
  • २० भाद्र २०७८, आईतवार