एमआईयूआई प्योर मोडको परीक्षण गर्दै शाओमी, हानीकारक एप इन्स्टल हुनबाट अझ सुरक्षित बनाउने दावी

  • Technology Khabar | २० भाद्र २०७८, आईतवार
एमआईयूआई प्योर मोडको परीक्षण गर्दै शाओमी, हानीकारक एप इन्स्टल हुनबाट अझ सुरक्षित बनाउने दावी

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले एमआईयूआई प्योर मोडको परीक्षण गरिरहेको बुझिएको छ।

एमआईयूआई कम्पनीको पहिलो र अहिलेसम्म पनि निकै सफल भएको उत्पादनमध्ये एक हो। कम्पनीले हाल परीक्षण गरिएको भर्सनले हानीकारक एपहरु इन्स्टल हुनबाट हझ सुरक्षित बनाउने दावी गरिएको छ।

कम्पनीले पछिल्लो पटक सार्वजनिक गरेको एमआईयूआई १२.५ तथा एमआईयूआई १२.५ एन्हान्स्ड एडिशन विश्व बजारमा उपलब्ध हुन शुरु भइसकेको छ।

एमआईयूआई १३ पनि केही समयमा आउने निश्चित भइसकेको छ। गत जुनमा सार्वजनिक हुन तय गरिएको यो भर्सन केही पर सारेर कम्पनीले एउटा पायोनियर टोली भर्ना गर्दै एमआईयूआईका प्रयोगकर्ताको प्रतिक्रिया संकलन गरिरहेको छ।

एमआईयूआई प्योर मोडले आफ्ना एमआईयूआई इन्स्टलर मार्फत् इन्स्टल हुने ४० प्रतिशत एपले कम्पनीको सुरक्षा अडिट पार गर्न नसकेको र लगभग १० प्रतिशतमा बेला बेला सुरक्षा जोखिम देखिने गरेको बताएको छ। यसै हिसाबले पनि यो भर्सन ल्याउनुपरेको उसले संकेत गरेको छ।

एपीके फाइल यूजरको जानकारी र इजाजतबिना स्वत: साइडलोड तथा एपको ब्याकग्राउन्ड इन्सटलेशन हुने प्रवृत्तिलाई डिसेबल गर्ने प्योर मोडको मुख्य योजना रहेको छ।

प्रकाशित: २० भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार