स्मार्टवाचका कारण दोस्रो त्रैमासमा वेयरेबलको बिक्रीमा उल्लेख्य वृद्धि : रिपोर्ट

  • Technology Khabar | २० भाद्र २०७८, आईतवार
स्मार्टवाचका कारण दोस्रो त्रैमासमा वेयरेबलको बिक्रीमा उल्लेख्य वृद्धि : रिपोर्ट

काठमाडौं ।

सन् २०२१ को दोस्रो त्रैमासमा विश्वव्यापी रुपमा वेयरेबलको बिक्रीमा उल्लेख्य वृद्धि भएको छ।

पछिल्ला केही त्रैमासयता वृद्धिको क्रम चलदै आएको यो क्षेत्रमा यो अवधिमा भने उल्लेखनीय आँकडाले वृद्धि भएको एक रिपोर्टले देखाएको छ।

यो वृद्धिको क्रम स्मार्टवाचको माग उच्च भएका कारण अघिल्लो वर्ष अर्थात् सन् २०२१को चाैथो त्रैमासबाट शुरु भएको रिपोर्टमा उल्लेख छ।

सन् २०२१ को दोस्रो त्रैमासमा वार्षिक रुपमा ५.६ प्रतिशतले वृद्धि भएको र स्मार्टब्यान्डको मात्र बिक्री भने २३.८ प्रतिशतले वृद्धि भएको पाइएको छ।

यो अवधिमा स्मार्टवाचको बिक्री वार्षिक हिसाबले ३७.९ प्रतिशत तथा वैश्विक बिक्रीका हिसाबले ६२ प्रतिशतको वृद्धि भएको थियो।

नाडीघडी सेगमेन्टमा एप्पलले ३१.१ प्रतिशत बजार हिस्सा ओगटेको छ भने उसको वार्षिक वृद्धि २९.४ प्रतिशतको रहेको छ। यसपछाडि ह्वावे र गार्मिन क्रमश: ९ र ७.६ प्रतिशत बजार हिस्साका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

यो सूचीमा ह्वावे तेस्रो नम्बरमा रहेको छ।

प्रकाशित: २० भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार