
काठमाडौं ।
रकेट कम्पनी फायरफ्लाइले क्यालिफोर्नियाको भान्डेनबर्ग स्पेस फोर्स बेसबाट आफ्नो पहिलो रकेट प्रक्षेपण गर्यो तर गन्तव्यमा पुग्न नपाई बिस्फोट भएको छ।
यसले पृथ्वीको लो अर्थ अर्बिटमा एक लक्षित गन्तव्यका साथ पेलोडको एक संख्या बोकेको थियो। अल्फा नामक रकेट योजना अनुसार उडेको थियो, र प्रक्षेपणको प्रारम्भिक भागको दौरान निकै राम्रो गरीरहेको जस्तो देखिन्थ्यो । तर अचानक “एक विसंगति” को अनुभव गर्नुभन्दा पहिले नै र अन्तरिक्षमा पुग्नु अघि रकेट भेहिकल पूर्णरुपमा विस्फोट भएर नस्ट भएको टेकक्रन्चले उल्लेख गरेको छ।
शुक्रबार उडेको रकेट फायरफ्लाइको अल्फा प्रक्षेपण यान हो र यसको यो पहिलो उडान हो, र यो अन्तरिक्ष यानको पहिलो प्रक्षेपण प्रयास हो। वास्तवमा पहिलो प्रयास मा प्याड अफ हुनु अर्थात उड्नु आफैँमा एक उपलब्धि हो, र सो भेहिकल ‘अधिकतम क्यू’ गतिमा पुग्ने बेलामा अचानक बिस्फोट भएको हो । त्यसबेला पृथ्वीको वायुमण्डल छोड्न अन्तरिक्ष यान सबैभन्दा वायुगतिकीय तनाव अनुभव गरीरहेको हुन्छ।
फायरफ्लाइले ट्विटरको माध्यमबाट ग्राउन्ड स्टाफको जोखिम कम गर्न र सुरक्षा प्रोटोकलको पालना गर्न प्याड र वरपरका क्षेत्रहरु तत्काल खाली गरिएको जानकारी दिएको थियो।
कम्पनीले सो बारेमा सरकारी अनुसन्धानकर्ताहरुसँग मिलेर अनुसन्धान गरिरहेको जनाएको छ।
अमेरिकाको अस्टिनमा आधारित एक निजी वाणिज्य प्रक्षेपण फर्म, फायरफ्लाइ मूल रूपमा सन् २०१४ मा स्थापित भएको थियो र २०१७ मा फायरफ्लाइ एयरोस्पेसको रूपमा आएको थियो। कम्पनीले अर्को रकेट समेत विकास गरिरहेको छ।
प्रकाशित: १९ भाद्र २०७८, शनिबार