
काठमाडौं ।
नेपाली ईकमर्स कम्पनी ग्यापु टिकटक हिरोजको उत्कृष्ट ५० सहभागीहरूको नाम सार्वजनिक भएको छ । करिब ५,६०० जना सहभागिबाट छानिएर ग्यापुले उत्कृष्ट ५० को नाम सार्वजनिक गरेको हो ।
सहभागीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै यस अवसरमा धेरै राम्रा राम्रा भिडियोहरू बनाएका थिए । सबैजनाले आ-आफ्नै हिसाबको भिडियो बनाउने छुट दिइएको थियो। अब भने यस प्रतियोगितामा केही फरक हुने ग्यापुका संस्थापक सिइओ ज्ञानेन्द्र खड्काले बताए।
छानिएका ५० सहभागीहरूबाट अब उत्कृष्ट २५ सहभागीहरू छानिनेछन् । उत्कृष्ट २५ मा पुग्नको लागि छानिएका सहभागीहरूले फेरी नयाँ भिडियो बनाएर पठाउनुपर्ने हुन्छ । ग्यापुको आधिकारीक टिकटक अकाउन्ट पोस्ट भएका मध्ये जसको भिडियोमा सबैभन्दा धेरै लाइक र भ्यू हुन्छ उनीहरु नै उत्कृष्ट २५ मा पुग्नेछन्। यसर्थ परिणाम निकै नै पारदर्शी हुनेमा कम्पनी विश्वस्त रहेको छ।
यस पश्चात हुने ग्राण्ड फिनालेमा उत्कृष्ट तीन जना सहभागी छानिनेछन्। सो उत्कृष्ट तीन पनि पहिलेकै प्रकृयाबाट छानिनेछ।अर्थात जसको धेरै लाइक र भ्यू आउँछ उनीहरु नै उत्कृष्ट २५ बाट उत्कृष्ट तीनमा पुग्नेछन् ।
ग्यापु मार्केटप्लेसको आधिकारिक वेबसाइट (
gyapu.com) मा गएर उत्कृष्ट ५० को नाम हेर्न सकिने कम्पनीले जनाएको छ।
प्रकाशित: १५ भाद्र २०७८, मंगलवार