
काठमाडौं ।
मुख्य क्रिप्टोकरेन्सी एक्सचेन्ज क्वाइनबेसले हालै आफ्ना १ लाख २५ हजार उपभोक्तालाई झुक्किएर उनीहरुको टू फ्याक्टर अथेन्टिकेशन सेटिङ परिवर्तन भएको मेसेज पठाएको छ।
इमेल तथा एसएमएसमार्फत् पठाइएको उक्त जानकारी कम्पनीले ‘आन्तरिक गडबडी’ का कारण भएको र यो कुनै सर्भर ह्याकका कारण नभएको समाचार संस्था सीएनबीसीलाई बताएको छ।
क्वाइनबेसले गत शुक्रबार ८२ मिनेटको बीचमा १ लाख २५ हजार उपभोक्तालाई उक्त गलत अलर्ट पठाएको थियो।
कम्पनीले पहिलो अलर्ट गएको केही बेरमै उक्त अलर्ट आन्तरिक गडबडीका कारण गएको भन्दै सबैलाई दोस्रो इमेल पठाएको थियो।
यसपछि क्वाइनबेसले ट्विटरमा उक्त अलर्ट जानुमा नोटिफिकेशन डेलिभरी सिस्टममा आएको गडबडीका कारण भएको र यसबाट असुविधा पुगेका प्रत्येक उपभोक्ताको विश्वास पुन: प्राप्त गर्ने गरी काम गर्ने प्रतिबद्धता पनि जनाएको थियो।
Our teams immediately recognized the problem and worked as quickly as possible to ensure these erroneous notifications were stopped and the underlying issue fixed.
— Coinbase ????️ (@coinbase) August 28, 2021
तर उक्त घटनाले उपभोक्तामा अप्ठेरो र चिन्ता उत्पन्न गराएको थियो। कोहीकोहीले त आफ्नो एकाउन्ट ह्याक भएकोसम्म अनुमान गरेका थिए। यो जानकारी पाउने एक उपभोक्ताले त ह्याक हुन लाग्यो भन्ने डरले ६० हजार डलर बराबरको क्रिप्टोकरेन्सी बिक्री गरेको पनि बताए।
प्रकाशित: १५ भाद्र २०७८, मंगलवार