पोको एफ थ्री जीटी स्मार्टफोन आजदेखि बजारमा, ५७ हजार रुपैयाँ पर्ने फोनका यस्ता छन् विशेषताहरु
काठमाडौं ।
स्मार्टफोन ब्रान्ड पोकोले नेपालमा ‘पोको एफ थ्री जीटी’ सार्वजनिक गर्ने भएको छ । एफ सिरिज अन्तर्गतको ‘पोको एफ थ्री जीटी’ गेम प्ले, उत्कृष्ट क्यामेरासहित बजारमा आएको हो । यो फोन परिष्कृत, स्टाइलिश र प्रिमियम ‘स्लिपस्ट्रीम’ डिजाइनमा आएको कम्पनीले जनाएको छ।
फ्ल्यागसिप मिडिया टेक चिपसेट, फिजिकल पप–अप म्यागलेभ ट्रिगर, टर्बो एमोलेडको १२० हर्जको रिफ्रेश रेट र ४८० हर्जको टच स्याम्प्लिङ रेटसँग इन्टिग्रेटेड रहेको पोको एफ थ्री जीटीले प्रिमियम स्मार्ट फोन रहेको कम्पनीले जनाएको छ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले सन् २०१८ मा पोको एफ सिरिज भित्रिए पछि यसले नेपाली बजारमा पहिले कहिल्यै नपुर्याएको प्रभाव पुर्याएको दावी गरे । उनले यो फोन उपभोक्ताहरूलाई सबै भन्दा राम्रो स्पेसिफिकेशन र प्रिमियम डिजाइन प्रदान गर्ने उत्कृष्ट प्याकेज भएको दावी समेत गरे ।
डिजाइन वा स्मार्ट डिस्प्लेमा पोको एफ थ्री जीटी उत्कृष्ट मानिएको छ । जसमा १२० हर्जको टर्बो एमोलेड डिस्प्ले, पोकोेबाट निर्मित पहिलो र सबैभन्दा परिष्कृत एमोलेड स्क्रिन रहेको छ । उच्च रिजोलुसन टच टेक्नोलोजी स्पोर्टिङ, १२० हर्ज रियल्टी फ्लो र ४८० हर्ज टच स्याम्पिङ रेटको संयोजनसँग डिस्प्लेको ६ गुणा छिटो एमिङ रहेको छ। यसले फोनलाई स्मुथ र ल्याग फ्रि युजेज एक्सपेरियन्स दिने कम्पनीले बताएको छ ।
यसको अतिरिक्त एचडीआर १० क्यामराले युजरलाई थप उत्साहित बनाउने कम्पनीले बताएको छ । साथै गेमिङका लागि पनि यो फोन उत्कृष्ट रहेको ठहर कम्पनीको छ।
पोको एफ थ्री जीटीमा ५,०६५ एमएएचको ब्याट्री सुविधा रहेको छ । जसले प्रयोगकर्ताहरूलाई घण्टौंसम्म अडियो भिजुअल मनोरञ्जनको आनन्द उठाउन मद्दत गर्दछ । ६७ वाटको फास्ट चार्जरले एफ थ्री जीटीलाई १५ मिनेट भित्रैमा ० देखि १५५ ब्याट्री चार्ज गर्दछ । बन्डल गरिएको एल आकारको चार्जिङ केबलले गेम खेल्दा पनि फोन चार्ज गर्न मिल्ने कम्पनीले जनाएको छ ।
पोको एफ ३ जीटीमा एक प्रभावशाली ट्रिपल क्यामरा सेटअप उपलब्ध छ । जसमा ६४ मेगापिक्सेलको प्राइमरी क्यामरा एफर १.६५ एपर्चर रहेको छ । यसको साथै ८ मेगा पिक्सेलको अल्ट्रा वाइड–एंगल क्यामरा ११९ डिग्रीको एफओभी, २ मेगा पिक्सेलको म्याक्रोको क्यामरा र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।
पोको एफ थ्री जीटी गनमेटल सिल्भर र प्रिडेटर ब्ल्याक गरी २ वटा कलरको भेरियन्टमा उपलब्ध छ । यो फोनको मूल्य ८ जीबी २५६ जीबीको ५६ हजार ९९९ तोकिएको कम्पनीले जनाएको छ ।
साथै, यो फोन अगष्ट ३१ आजदेखि अथोराइज्ड स्टोरहरु, अनलाइन र रिटेल पार्टनरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ।