चेक प्वाइन्ट सफ्टवेयर टेक्नोलोजीद्धारा ईमेल सुरक्षा कम्पनी अवनानको अधिग्रहण

  • Technology Khabar | १५ भाद्र २०७८, मंगलवार
चेक प्वाइन्ट सफ्टवेयर टेक्नोलोजीद्धारा ईमेल सुरक्षा कम्पनी अवनानको अधिग्रहण

काठमाडौं ।

चेक प्वाइन्ट सफ्टवेयर टेक्नोलोजीले अमेरिका-इजरायली साइबर सुरक्षा कम्पनी अवनानलाई अधिग्रहण गरेको बताएको छ। अवनान कम्पनी ईमेलको सुरक्षामा माहिर छ, जहाँ धेरै साइबर हमला शुरू हुन्छ।

इजरायलमा आधारित सेक्युरिटी कम्पनी चेक प्वाइन्टले वित्तीय विवरणको जानकारी खुलाएको छैन्।

चेक प्वाइन्टका मुख्य उत्पादन अधिकारी डोरिट डोरले भने, “धेरै भन्दा धेरै व्यवसायहरु क्लाउड-ईमेल प्लेटफर्महरुमा जाँदैछन् र ईमेल विनाशकारी साइबर हमलाहरुको लागी एक प्रमुख च्यानल बनिरहेको छ, यो अधिग्रहणले एक विशाल क्षमताको प्रतिनिधित्व गर्दछ।”

अभानान २०१५ मा स्थापित भएको थियो र यसको टेक्नोलोजीले दुर्भावनापूर्ण ईमेलहरुलाई प्रयोगकर्ताको इनबक्समा पुग्नु भन्दा पहिले नै ब्लक गर्दछ, चेक प्वाइन्टले भन्यो। योसँग ५ हजार भन्दा बढी ग्राहकहरु छन् र २५ लाख भन्दा बढी ईमेल खाताहरुलाई सुरक्षा गर्ने रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: १५ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...