आईफोन १३ मा स्याटेलाइट संचार राख्ने जानकारीसँगै ग्लोबलस्टारको शेयर ६० प्रतिशतले वृद्धि

  • Technology Khabar | १५ भाद्र २०७८, मंगलवार
आईफोन १३ मा स्याटेलाइट संचार राख्ने जानकारीसँगै ग्लोबलस्टारको शेयर ६० प्रतिशतले वृद्धि

काठमाडौं ।

स्याटेलाइट सेवा प्रदायक ग्लोबलस्टारको शेयर सोमबार एकैपटक ६० प्रतिशतले बढेको छ। कम्पनीले एप्पलको आउँदो नयाँ आईफोनमा  स्याटेलाइट (उपग्रह) सञ्चारको उपयोग गर्ने क्षमता राख्ने समाचार सार्वजनिक भएसँगै ग्लोबलस्टारको शेयर बढेको हो।

टिएफआई सेक्युरिटीजका विश्लेषक मिङ्ग ची कुओले आइतबार लगानीकर्ताहरुलाई एक नोटमा भविष्यवाणी गरेअनुसार एप्पलले “स्याटेलाइट कम्युनिकेसनको प्रवृत्तिको बारेमा आशावादी छ” र “सम्भवतः” आफ्नो आगामी आईफोनमा बाहिरी नेटवर्कसंग जोडने क्षमता शामिल हुनेछ।

नयाँ आईफोन यहि सेप्टेम्बरमा सार्वजनिक हुने अपेक्षा गरिएको छ। एप्पलले अझै डिभाइसको बारेमा कुनै बिबरणहरु घोषणा गरेको छैन। फोनको आधिकारिक नाम पनि आएको छैन, तर धेरैले अहिले आईफोन १३ को रूपमा उल्लेख गर्दैछन्।

“यदि एप्पलले प्रासंगिक सफ्टवेयर प्रकार्यहरुलाई सक्षम बनाउँछ, आईफोन १३ प्रयोगकर्ताहरु जतिबेला ४जी/५ जी कभरेज भित्र छैनन्, फोन र मेसेज उपग्रह मार्फत पठाउन सक्छन् ,” कुओले लेखे।

प्रकाशित: १५ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार