
काठमाडौं ।
ह्वाट्सएपले आफ्नो मेसेज सेवामा छिट्टै नै रियाक्शन फिचर थप गर्ने बुझिएको छ। लाखाैं यूजर भए पनि विभिन्न फिचरहरुको अभावमा तथा डिजाइनका कारण ह्वाट्सएप आफ्ना प्रतिद्वन्द्वीहरुभन्दा पछाडि पर्दै आइरहेको छ।
मानिसहरुले उस्तै प्रकारका अन्य एपहरुमा प्रयोग गरिरहेका तर ह्वाट्सएपमा अनुभव गर्न नपाएका कतिपय एपहरुमध्ये रियाक्शन फिचर पनि एउटा हो।
यो फिचर फेसबुकको आफ्नै मेसेन्जर सहित अन्य मेसेजिङ एपमा मुख्य रुपमा रहन्छ भने ह्वाट्सएपमा अहिलेसम्म उपलब्ध छैन।
अहिले भने मेसेजमा केही समय थिचेपछि इमोजीहरुको एउटा सूची देखिन्छ र तीमध्ये आफूलाई मन परेको इमोजी छानेर सोझै रियाक्ट गर्न सकिनेछ।
आजै बाहिर आएको जानकारी अनुसार यो फिचर केही समयमा अब ह्वाट्सएपमा आधिकारिक रुपमा उपलब्ध हुँदैछ। कम्पनीले सानो यूजरको समुदायमा यसलाई परीक्षण गरिरहेको र यसको एउटा स्क्रीनशट पनि बाहिर आएको छ।

मेसेज रियाक्शन सबैका लागि उपलब्ध भएपछि चलाउनका लागि ह्वाट्सएपको पछिल्लो अपडेट भएको हुनुपर्नेछ नत्र रियाक्शनको नोटिफिकेशन र त्यसलाई हेर्नका लागि ह्वाट्सएप अपडेट गर्ने आग्रह मेसेजका रुपमा देखिन्छ।
तर यो फिचर परीक्षणको चरणमै रहेको र कहिले सार्वजनिक हुनेछ भन्ने मिति यकिन भएको छैन।
प्रकाशित: १० भाद्र २०७८, बिहीबार