आईफोन १३ को फेस आईडीले मास्क र चश्मा लगाउँदा पनि काम गर्ने

  • Technology Khabar | १० भाद्र २०७८, बिहीबार
आईफोन १३ को फेस आईडीले मास्क र चश्मा लगाउँदा पनि काम गर्ने

काठमाडौं ।

आईफोन १३ मा उपलब्ध हुने फेस आईडीले मास्क तथा चश्मा लगाउँदा पनि काम गर्ने बताइएको छ।

एक रिपोर्ट अनुसार एप्पलले हालसालै आईफोन १३ का लागि यो नयाँ र सुधारिएको फेस आईडीको परीक्षण गरिरहेको हो।

परीक्षणका लागि कम्पनीका कर्मचारीलाई आईफोन १२ मा नयाँ नेक्स्ट जेनेरेशन फेस आईडीसहितको केश उपलब्ध गराइएको छ। यो केसलाई कर्मचारीको आईफोन १२ सँग कनेक्ट गरेपछि यसले केसको फेस आईडीलाई आधिकारिक रुपमा लिन्छ।

एप्पलले यसलाई कम्पनीभित्रै ठूलो परिमाणमा परीक्षण गरिरहेको बुझिएको छ। यसका लागि कर्मचारीले आईफोन १३ को फेस आईडीमा आफ्नो अनुहार रजिस्टर गर्नुपर्ने हुन्छ।

त्यसपछि मास्क र चश्मा लगाए अनलक गर्ने प्रयास गर्नु पर्छ। कम्पनीले यो फिचरले मास्कमात्र तथा मास्क र चश्मा दुवै लगाउँदा काम गर्ने गरी परिक्षण गरिरहेको बुझिएको छ।

यो परीक्षण भित्र, बाहिर, उज्यालो अँध्यारो तथा विभिन्न स्टाइलका चश्मा र मास्क लगाएर/नलागाइकन निकै गहिरिएर भइरहेको बताइएको छ। यूजरले जुनसुकै बेला स्मार्टफोन अनलक गर्न सक्ने हुँदा यो गहन परीक्षण जरुरी भएको कम्पनीको भनाइ छ।

प्रकाशित: १० भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sparrow SMS celebrates sixteen years of delivering messages

  • Technology Khabar
  • १० भाद्र २०७८, बिहीबार