शाओमीले आफ्ना प्रिमियम फोनमा एमआईको ब्रान्डिङ नराख्ने

  • Technology Khabar | १० भाद्र २०७८, बिहीबार
शाओमीले आफ्ना प्रिमियम फोनमा एमआईको ब्रान्डिङ नराख्ने

काठमाडौं ।

शाओमीले आफ्ना उत्पादनहरु चीन बाहिरको बजारमा एमआई ब्रान्डमा बिक्री गर्दै आएको छ। तर अब भने कम्पनीले प्रिमियम शाओमी डिभाइसमा एमआईको ब्रान्डिङ हटाउने निर्णय गरेको छ।

यसका बारेमा एक्सडीए डेभलपरहरुले सबैभन्दा पहिले जानकारी दिएका र त्यसपछ मात्र कम्पनीका प्रवक्ताले आधिकारिक रुपमा सुनिश्चित गरेका थिए। आधिकारिक निर्णय अनुसार यो वर्षको तेस्रो त्रैमासदेखि एमआईका उत्पादनहरुलाई चीनमा भनिए झैं शाओमी नै भनिनेछ।

एमआई ब्रान्डिङ बिना आएका पहिला डिभाइसहरुमा गत  अगस्ट १० मा सार्वजनिक भएका मिक्स ४ स्मार्टफोन तथा प्याड ५ ट्याब्लेट सिरिज रहेका थिए।

उक्त इभेन्ट सकिएपछि सबैले रिब्रान्डिङको शंका गरेका थिए तर त्यसको दुई हप्तापछि कम्पनीले एमआई ब्रान्डको अस्तित्व अब प्रिमियम फोनमा नरहने आधिकारिक घोषणा गरिदियो।

यसअघि शाओमीका महाप्रबन्धकले भाैतिक एमआई स्टोरलाई अबदेखि शाओमी स्टोरले चिनिने बताएका थिए भने अब सेप्टेम्बर १५ को इभेन्टमा यसलाई पनि आधिकारिक रुपमा सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

प्रकाशित: १० भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...