आर्थिक समाचार

सिटिइभिटीको छात्रवृत्ति आवेदन फारम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

सिटिइभिटीको छात्रवृत्ति आवेदन फारम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने
Global IME Bank

खल्ती डिजिटल वालेटले सिटिइभिटीबाट खुलाइएको प्रि–डिप्लोमा तह, डिप्लोमा, र प्रमाणपत्र तहका छात्रवृत्ति आवेदनको फारम शुल्क खल्तीबाट सिधै शुल्क भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ।

नेपाल सरकारको सरकारी वा सामुदायिक विद्यालयबाट एसइइ / एसएलसी/ टिएसएलसी अध्ययन गरेको विद्यार्थीहरुले छात्रवृत्ति आवेदन फारम भरी त्यसमा लाग्ने शुल्क खल्तीबाट सिधै तिर्न सक्नेछन् ।

निजी विद्यालयबाट एएसइइ / एसएलसी/ टिएसएलसी अध्ययन गर्नेको हकमा भने उक्त छात्रवृत्ति लागु हुनेछैन्। त्यस्तो आवेदकले छात्रवृत्तिको आवेदन फारम भरेमा उक्त फारम स्वतः रद्द हुने साथै शुल्क फिर्ता नहुने प्रावधान रहेको छ ।

छात्रवृत्तिको आवेदन फाराम भर्ने आवेदकले डिप्लोमा तथा प्रि–डिप्लोमा तहका कार्यक्रमहरु मध्ये आवेदकले कुनै एक तहको एक वटा कार्यक्रममा मात्र भर्न पाउनेछन् । भदौ ७ देखि २३ गतेसम्म आवेदकहरुले छात्रवृत्तिको लागि आवेदन दिन सक्नेछन् ।

कार्यालयमा धाईरहनुपर्ने वा लाइनमा घण्टौ बस्न पर्ने झन्झटलाई डिजिटल भुक्तानीको माध्यमद्वारा न्युनीकरण गर्ने उक्त सेवा संचालनमा ल्याएको मर्चेन्ट एक्युजिसनका वरिष्ठ अधिकारी हरुन राईले बताए ।

Sajilo Visa
easy care