नास्टले विज्ञान तथा प्रविधि क्षेत्रमा उत्कृष्ट कार्य गर्नेहरुलाई पुरस्कृत गर्ने

  • Technology Khabar | ९ भाद्र २०७८, बुधबार
नास्टले विज्ञान तथा प्रविधि क्षेत्रमा उत्कृष्ट कार्य गर्नेहरुलाई पुरस्कृत गर्ने

काठमाडौं ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टले २०७८ को लागि विज्ञान तथा प्रविधि क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तिहरुलाई पुरस्कारसहित सम्मान गर्ने भएको छ।

नास्टकाअनुसार उत्कृष्ट योगदान र प्रतिभाका आधारमा पुरस्कारहरु प्रदान गरिने भएको छ ।

नास्टले पुरस्कार प्रदान गर्नका लागि विभिन्न १६ विधा छनौट गरेको छ ।

जसअनुसार विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार, कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार, विज्ञान पुरस्कार प्रविधि पुरस्कार, विज्ञान तथा प्रविधि युवा पुरस्कार, विज्ञान तथा प्रविधि महिला पुरस्कार, प्रज्ञा प्रतिष्ठानविज्ञान तथा प्रविधि प्रबद्र्धन पुरस्कार, विज्ञान शिक्षक पुरस्कारमध्ये माध्यमिक तह र प्रदेश तहबाट एक/एक जना, विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार, उत्कृष्ट विद्यार्थी पुरस्कार, दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार, फणिन्द्र प्रसाद न्यौपाने अनुसन्धान पुरस्कार, मोहनध्वज बस्नेत प्रविधि प्रज्ञा पुरस्कार, भुवनेश्वर प्रविधि पुरस्कार, जीत बहादुर नकर्मी धातु पुरस्कार र काजी इन्द्र कटुवाल कृषि पुरस्कार रहेका छन् ।

यसको लागी यहि असोज ७ गतेसम्म इच्छुकहरुले आवेदन पठाईसक्नुपर्नेछ ।

प्रकाशित: ९ भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×