ओटिटि सेवाहरु दर्ता गरेर मात्र चलाउन महालेखापरीक्षकको सुझाब

  • Technology Khabar | ५ भाद्र २०७८, शनिबार
ओटिटि सेवाहरु दर्ता गरेर मात्र चलाउन महालेखापरीक्षकको सुझाब

काठमाडौं ।

महालेखापरीक्षकको कार्यालयले इन्टरनेट टेलिफोनसँग सम्बन्धित सेवाहरुलाई दर्ता नगरी चलाउन नहुने बताएको छ। कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औं बार्षिक प्रतिवेदनमा इन्टरनेटमार्फत टेलिफोन गर्नाले त्यसमार्फत अर्बौ रुपैयाँ विदेश गएको भन्दै यस्ता सेवाहरु नेपालमै दर्ता गर्नुपर्ने उल्लेख गरेको हो।

हाल नेपालमा इन्टरनेट टेलिफोन सेवाहरु भाईबर, ह्वाट्सएप, म्यासेन्जर, इमो, जुमलगायतका सेवाहरु निर्वाध रुपमा चलिरहेको भन्दै यीनीहरुलाई दर्ता गर्नुपर्ने बताईएको हो।

यस्तै यस्ता कतिपय खाता संचालनका लागि डलर खाताबाट पैसा भुक्तानी भईरहेको पनि भेटिएको भन्दै नेपाल सरकारलाई कार्यालयले यथाशिघ्र यस्ता सेवाहरु दर्ता गरेर संचालनमा ल्याउन निर्देशन दिएको छ। यसरी दर्ता गरेर संचालनमा ल्याउँदा राजस्व असुलीमा सहयोग पुग्ने कार्यालयको बुझाई छ ।

यस्तै सबै प्रकारका आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याई राजस्वको राजस्वको आधार फराकिलो बनाउन ईकमर्श तथा भाईवर, म्यासेन्जर, स्काईप, विच्याटलगायतका माध्यमहरुमा हुने विज्ञापनलाई कानुनी व्यवस्थाअनुरुप करको दायरामा ल्याउनुपर्ने समेत महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: ५ भाद्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...