माइक्रोसफ्ट ३६५ एपका इन्टरनेट एक्सप्लोरर ११ मा सपोर्ट आधिकारिक रुपमा समाप्त

  • Technology Khabar | ३ भाद्र २०७८, बिहीबार
माइक्रोसफ्ट ३६५ एपका इन्टरनेट एक्सप्लोरर ११ मा सपोर्ट आधिकारिक रुपमा समाप्त

काठमाडौं ।

माइक्रोसफ्टले हालै आउटलूक र टिम्सजस्ता माइक्रोसफ्ट ३६५ वेब एपको इन्टरनेट एक्सप्लोररमा सपोर्ट समाप्त भएको आधिकारिक घोषणा गरेको छ।

माइक्रोसफ्ट सपोर्ट समाप्त भएकाले एपहरु पनि स्वाभाविक रुपमा नै काम नगर्ने हुनेछन्।

तर माइक्रोसफ्ट ३६५ यूजरले टिम्स र आउटलूक एपका वेब भर्सनका लागि इन्टरनेट एक्सप्लोरर प्रयोग गरेको खण्डमा असहज अनुभव भने गर्न सक्नेछन्।

‘अब माइक्रोसफ्ट इन्टरनेट एक्सप्लोरर ११ मा रहेका ३६५ एप तथा सेवाहरुको माइक्रोसफ्ट ३६५ का लागि सपोर्ट उपलब्ध नहुने भएको छ’, माइक्रोसफं६ले एक अपडेटमा भनेको छ।

यसबाहेक इन्टरनेट एक्सप्लोररमा रहेका माइक्रोसफ्ट ३६५ एप तथा सेवाहरुमा कुनै अपडेट नआउने र दैनिका प्रयोगको अनुभव पनि बिस्तारै घट्दै जान सक्ने माइक्रोसफ्टले थपेको छ।

प्रकाशित: ३ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार