गुगललाई प्रतिबन्धित सामग्री नहटाएको आरोपमा रुसमा फेरी जरिवाना लगाईयो

  • Technology Khabar | ३ भाद्र २०७८, बिहीबार
गुगललाई प्रतिबन्धित सामग्री नहटाएको आरोपमा रुसमा फेरी जरिवाना लगाईयो

काठमाडौं ।

मस्कोको एक अदालतले बिहीबार अल्फाबेट इंकको गुगललाई ६० लाख रूबल (८०,८८१ अमेरिकी डलर) जरिवाना लगाएको छ।

रुसले अवैध ठानेको सामग्री मेटाउन असफल भएको आरोपमा अमेरिकी टेक जायन्टलाई एक हप्ता भन्दा कम समयमा लगाईएको यस्तो दोस्रो जरिवाना हो।

ठूला टेक कम्पनीको साथ एक व्यापक गतिरोधको बीचमा, रूसले गत बर्ष गुगल र अन्य कम्पनीहरुलाई श्रृंखलाबद्धरुपमा सानोतिनो जरिवाना गरेको थियो।

पछिल्लो दिनमा मस्कोले विदेशी टेक्नोलोजी फर्महरुलाई रुसमा कार्यालयहरु खोल्न बाध्य पार्न खोजिरहेको छ।

मस्कोको टागान्स्की जिल्ला अदालतले बिहीबार गुगललाई २० लाख रूबलको तीन प्रशासनिक जरिवाना दिइएको जनाएको छ।

सोही अपराधको लागि मंगलबार गरिएको १ करोड ४० लाख रूबल जरिवानाको अतिरिक्त यो जरिवाना थियो।

प्रकाशित: ३ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • ३ भाद्र २०७८, बिहीबार