पोली नेटवर्कद्वारा क्रिप्टोकरेन्सी ह्याकरलाई ‘साइबर सुरक्षा’ सम्बन्धी जागिरको अफर

  • Technology Khabar | ३ भाद्र २०७८, बिहीबार
पोली नेटवर्कद्वारा क्रिप्टोकरेन्सी ह्याकरलाई ‘साइबर सुरक्षा’ सम्बन्धी जागिरको अफर

काठमाडौं ।

केही दिन अघि भएको ६० करोड डलर बराबरको क्रिप्टोकरेन्सी ह्याक प्रकरणमा संलग्न ह्याकरलाई पोली नेटवर्कले मुख्य सुरक्षा सल्लाहकार अर्थात् चिफ सेक्युरिटी अफिसरको जागिर प्रस्ताव गरेको छ।

झट्ट सुन्दा अलि अचम्म लाग्दो लागे पनि रकम ह्याक गरिएकै संस्था पोली नेटवर्कले ह्याकरलाई नै यति ठूलो विश्वाससहित उच्च पदमा जागिरको प्रस्ताव गरेको आफ्नो ट्विटरमार्फत् जानकारी गराएको हो।

यसबाहेक पोली नेटवर्कले ह्वाइट ह्याट नाम दिएको उक्त ह्याकरलाई ५ लाख डलरको बाउन्टी लिन पनि फेरि आग्रह गरेका छन्। तर ती ह्याकरहरुले यो प्रकरण रमाइलोको लागि मात्र गरिएको बताउँदै आएका छन् भने ह्याक गरिएकोमध्ये अधिकांश रकम फिर्ता गरिसकेका छन्।

ती ह्याकरले उक्त पुरस्कार रकम लिन अस्वीकार गर्दै ब्लकचेन सुरक्षाका क्षेत्रमा योगदान पुर्याउने हरुलाई दिने घोषणा पनि गरेका छन्।

पोली नेटवर्कमा ह्याक भएको थाहा पाएपछि कम्पनीले ह्याकर समूहसँग सम्पर्क गरेर ह्याक भएको रकम फिर्ता गर्न आग्रह गरेका थिए भने उक्त आग्रहले काम पनि गरेको थियो।

आग्रहपछि उनीहरुले अधिकांश रकम फिर्ता गरेका थिए भने त्यसै हिसाबले पोली नेटवर्कले पनि उक्त प्रकरणमा ती ह्याकरको कुनै कानुनी उत्तरदायित्व नभएको भन्दै ट्विटरमार्फत् जागिरको आग्रह गरेको हो।

प्रकाशित: ३ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार