मिडियाटेकद्वारा ६एनएम डाइमेन्सिटी ९२० र ८१० चिपसेट सार्वजनिक

Technology Khabar २७ श्रावण २०७८, बुधबार

काठमाडौं ।

मिडियाटेकले हालै दुई नयाँ चिपसेटको घोषणा गरेको छ। यी दुई चिपसेटहरु टीएसएमसीको ६एनएम फाउन्ड्रीमा तयार हुने डाइमेन्सिटी ९२० र ८१० रहने बुझिएको छ।

यी दुई चिपसेट यसअघिका डाइमेन्सिटी ९०० र ८०० को अपग्रेडका रुपमा आउने भएका हुन्।

दुवै प्लेटफर्ममा अक्टाकोर सीपीयू, १२० हर्ज रिफ्रेश रेटसहितको फुल एचडी+ डिस्प्ले तथा सपोर्ट गर्ने भएकाले मिड रेन्ज फोनका लागि लक्षित रहेको बुझिएको छ।

डाइमेन्सिटी ९२० मा कर्टेक्स ए७८ सहित अक्टाकोर तथा माली-जी६८ एमसी४ जीपीयू रहेको छ।

एलपीडीडीआरए४एक्स र एलपीडीडीआरए५ र्याम तथा यूएफएस २.२ र ३.१ स्टोरेज सपोर्ट गर्ने यसले डुअल फाइभजी सिम कनेक्टिभिटी र भीओएनआर सेवा पनि सपोर्ट गर्छ।

८१० मा भने कर्टेक्स ए७६ सहित अक्टाकोर रहेको र यसमा माली-जी६७ एमसी२ जीपीयू समावेश छ। यी दुवै चिपसेट यो वर्षको तेस्रो त्रैमासमा स्मार्टफोनमा आउने बुझिएको छ।

प्रकाशित: २७ श्रावण २०७८, बुधबार

तपाइको प्रतिक्रिया