पाकिस्तानमा आफ्नो पहिलो प्रडक्शन प्लान्ट स्थापना गर्दै भिभो, १ करोड डलर लगानी गर्ने

  • Technology Khabar | २७ श्रावण २०७८, बुधबार
पाकिस्तानमा आफ्नो पहिलो प्रडक्शन प्लान्ट स्थापना गर्दै भिभो, १ करोड डलर लगानी गर्ने
भीभो नेपालको कार्यालयमा राखिएको कम्पनी ब्राण्ड नाम । फाइल तस्बिर

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्रान्ड भिभोले पाकिस्तानको फैसलावादमा रहेको औद्योगिक क्षेत्रमा आफ्नो प्लान्टमार्फत् महंगा उत्पादनहरु स्थनीय रुपमा बनाउने घोषणा गरेको छ।

यस क्षेत्रको एउटा नाम चलेको ब्रान्ड भिभोको यो प्लान्ट ‘मोर लोकल मोर ग्लोबल’ अनुसारको छेटाैं यस्तो इन्टेलिजेन्ट प्रडक्शन बेस हो।

पाकिस्तानमा आफ्नो उपस्थिति दरो बनाउनका लागि भिभोले देशको मेड एन ‘पाकिस्तान’ को नियमसँग मिल्ने गरी स्थानीय स्तरमै उत्पादन गरेर अर्थतन्त्रसमेतलाई टेवा दिने उद्देश्यले १ करोड डलर लगानी गरेको छ।

पाकिस्तानमा हाल मासिक ३३ लाख मोबाइल फोनको माग रहेको तथ्याङ्क छ भने भिभोको ४ एकड जग्गामा बन्ने यो प्लान्टले मासिक ५ लाख स्मार्टफोन उत्पादन गर्न सक्ने बताइएको छ।

कम्पनीले यो बाहेक यस अघि नै भारतको डोंगुआन र चोङकिङ, बंगलादेशको ढाका तथा इन्डोनेसियाको ट्याङ्गेराङमा प्लान्ट स्थापना गरेर समग्रमा करोडोको सङ्ख्यामा स्मार्टफोनहरु बनाउँदै आएको छ।

प्रकाशित: २७ श्रावण २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • २७ श्रावण २०७८, बुधबार