सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी ह्याकमा ६० करोड डलर चोरी

  • Technology Khabar | २७ श्रावण २०७८, बुधबार
सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी ह्याकमा ६० करोड डलर चोरी

काठमाडौं ।

सबैभन्दा ठूलो भनिएको क्रिप्टोकरेन्सी चोरीको घटनामा ६० करोड डलर चोरी भएको बताइएको छ।

ह्याकरहरुले प्लोय नेटवर्कमा भेटेको जोखिममाथि खेल्दै यो चोरीलाई मूर्त रुप दिएको बुझिएको छ। प्लोय नेटवर्क विभिन्न ब्लकचेनहरुलाई एक आपसमा जोड्ने नेटवर्क हो।

प्लोय नेटवर्कले उक्त साइबर हमलाका बारेमा ट्विटरमा खुलासा गर्दै र ह्याकरहरुसँग सम्पर्क गरेर ह्याक गरिएका सामग्री फिर्ता मागेको जानकारी गराएको थियो।

ब्लकचेन थुप्रै क्रिप्टोकरेन्सीहरुमा आधारित विभिन्न गतिविधिको लेखाजोखा राख्ने प्रणाली हो। प्रत्येक डिजिटल क्वाइनका आफ्नै ब्लकचेन हुने र ती अरुभन्दा फरक हुन्छन्।

प्लोय नेटवर्कले यस्ता अनतगिन्ती ब्लकचेनहरुलाई एउटै प्रणालीमा आबद्ध गरेर तिनीहरुले एक आपसमा मिलेर काम गर्ने बनाएको दावी गर्दै आएको छ।

प्लो नेटवर्कले हालको साइबर हमलामार्फत् चोरेको रकम अहिलेसम्मकै सबैभन्दा धेरै भएको बताएका छन्।

प्‍लोय नेटवर्कले ह्याकरहरुसँग सम्बन्धित एड्रेसबाट आएका टोकनलाई कालो सूचीमा राख्न क्रिप्टोकरेन्सी एक्सचेन्जहरुलाई आग्रह गरेको छ।

स्लो मिस्टले आफ्ना अनुसन्धाताहरुले ह्याकरहरुको मेलबक्स, आईपी एड्रेस तथा डिभाइसका फिंगरप्रिन्ट हात पारिसकेको र यसका बारेमा थप अनुसन्धान हुने बताएको छ। उनीहरुका अनुसार यो चोरी थुप्रै समयदेखि योजना बनाएर गरिएको निष्कर्षमा पुगेका छन्।

प्रकाशित: २७ श्रावण २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...