पाकिस्तान दूरसञ्चार प्राधिकरणद्वारा अतिरिक्त स्पेक्ट्रम बिक्री प्रक्रिया शुरु

  • Technology Khabar | २६ श्रावण २०७८, मंगलवार
पाकिस्तान दूरसञ्चार प्राधिकरणद्वारा अतिरिक्त स्पेक्ट्रम बिक्री प्रक्रिया शुरु

काठमाडौं ।

पाकिस्तान टेलिकम्युनिकेशन अथोरिटी पीटीएले मोबाइल फोन कम्पनीहरुलाई अतिरिक्त स्पेक्ट्रम बिक्री गर्ने प्रक्रिया थालेको छ।

यो प्रक्रियामार्फत् सरकारले १ अर्ब डलर हाराहारी आम्दानी गर्ने अपेक्षा गरिएको छ।

यो बिक्री हुने नयाँ स्पेक्ट्रम आजाद जम्मु र कश्मिर तथा गिलगिट-बाल्टिस्तानमा मात्र लागू हुने भएकाले पाकिस्तानमा मात्रै दूरसञ्चार तथा ब्रोडब्यान्ड सेवाका लागि उपयोगमा ल्याइने बताइएको छ।

पीटीएले देशका चार ओटै मोबाइल अपरेटरलाई १८०० मेगाहर्ज ब्यान्डमा प्रति मेगाहर्ज ३ करोड १० लाख डलर तथा २१०० मेगाहर्जको एउटा ब्यान्ड २ करोड ९० लाख डलरमा बिक्रीका लागि खुला गरिएको सूचना पठाएको छ।  

पीटीएले १८०० मेगाहर्ज ब्यान्डमा १२.८ मेगाहर्ज तथा २१०० मेगाहर्ज ब्यान्डमा १५ मेगाहर्ज स्पेक्ट्रम उपलब्ध गराउन लागेको हो।

चार दूरसञचार निकायहरुबीच प्रतिस्पर्धा नभइ आधारभूत मूल्यमा खरिद भएको अवस्थामा जम्मा २७.५ मेगाहर्ज स्पेक्ट्रम बिक्रीबाट सरकारले  ८३ करोड २० लाख डलर आम्दानी गर्ने आकलन गरिएको छ।

पाकिस्तानी समाचार माध्यम डनसँगको कुराकानीमा एउटा मोबाइल अपरेटरका वरिष्ठ कार्यकारीले सरकारले २१०० मेगाहर्ज ब्यान्डमा ५ मेगाहर्जका तीन ओटा ब्लक उपलब्ध गराउन लागेको र देशमा चार ओटा सेवा प्रदायक रहेको बताएका छन्।

प्रकाशित: २६ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • २६ श्रावण २०७८, मंगलवार