भोडाफोनले जनवरीदेखि रोमिङ शुल्क लिन फेरि शुरु गर्ने

  • Technology Khabar | २६ श्रावण २०७८, मंगलवार
भोडाफोनले जनवरीदेखि रोमिङ शुल्क लिन फेरि शुरु गर्ने

काठमाडौं ।

भोडाफोनले आउँदो जनवरीदेखि रोमिङ शुल्क पुन लिन शुरु गर्ने भएको छ। योसँगै भोडाफोन यूरोपमा आउनेहरुका लागि रोमिङ शुल्क लगाउन पुन शुरु गर्ने दोस्रो यूरोपेली मोबाइल कम्पनी भएको छ।

आगामी जनवरीदेखि नयाँ तथा सेवा अपग्रेड गर्ने उपभोक्ताका लागि ईयू क्षेत्रभित्र थुप्रै शुल्कहरुमा प्रतिदिन १ पाउण्ड रोमिङ शुल्क लगाइने कम्पनीको भनाइ छ। यो योजना उसको प्रतिद्वन्द्वी कम्पनी ईईले गत जुनमा घोषणा गरेजस्तै रहेको छ।

यसअघि भोडाफोनले ब्रेक्जिटपछि यो शुल्क पुन नलगाइने बताएको थियो।

भोडाफोनको उद्देश्य यूरोपमा आफ्ना सबैभन्दा महंगासहितका निश्चित योजनामा सीमितता ल्याउने रहेको बुझिएको छ।

फेयर युजेज लिमिट

यो नियम नयाँ तथा अपग्रेड गर्ने ग्राहकहरुका लागि आगामी अगस्ट ११ देखि परिवर्तन हुने र यसको शुल्क भने जनवरीसम्म नलाग्ने बताइएको छ।

‘हाल भइरहेका ग्राहकहरुले आफ्ना अहिलेकै प्लानमा रहँदा कुनै प्रभाव नपर्ने र आयरलयान्डका लागि रोमिङ सेवा पनि सबै ग्राहकहरुका लागि थपिनेछ’, भोडाफोनले भनेको छ।

जनवरीपछि असुविधा परेका ग्राहकहरुले यूरोपभरी तथा प्रतिदिन २ पाउन्ड तिरेर वा ८ वा १५ दिनको बन्डल किनेको खण्डमा १ पाउन्डमा फोन रोमिङ सुविधा पाउनेछन्। फेयर यूजेज लिमिट मासिक २५ जीबी डाटामा पनि लागू हुने कम्पनीले प्रस्ट्याएको छ।

प्रकाशित: २६ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • २६ श्रावण २०७८, मंगलवार