११औं जेनेरेशन इन्टेल सीपीयूयुक्त ल्यापटप ल्याउने भिभोको तयारी

  • Technology Khabar | २६ श्रावण २०७८, मंगलवार
११औं जेनेरेशन इन्टेल सीपीयूयुक्त ल्यापटप ल्याउने भिभोको तयारी
भीभो नेपालको कार्यालयमा राखिएको कम्पनी ब्राण्ड नाम । फाइल तस्बिर

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी भिभोले पनि अन्य ब्रान्डहरुले जस्तै स्मार्टफोनबाट अब ल्यापटपको क्षेत्रमा पनि हात हाल्ने भएको छ।

आफ्नो शक्तिशाली क्यामरायुक्त फोनका लागि चर्चित चिनियाँ ब्रान्ड भिभो केही वर्षयता मिड रेन्ज फाइभजी स्मार्टफोनहरुमा केन्द्रित हुँदै आएको छ। बीबीके ग्रुप अन्तर्गतको यो कम्पनीले अब भने ल्यापटप बजारमा पनि आफ्नो उपस्थिति देखाउने योजना बनाएको हो।

कोरोना महामारीको शुरुवातदेखि नै विश्वभर नै वर्क फ्रम होम र अनलाइन कक्षाहरु सञ्चालनमा आइरहेका छन्।

यसै कारण विश्वभर नै ल्यापटप र पर्सनल कम्प्युटरको माग बढेकाले रियलमी लगायत कम्पनीले यसअघि नै ल्यापटप सार्वजनिक गरिसकेको अवस्थामा अब भिभो पनि यसै क्षेत्रमा आउन लागेको हो।

विशेषगरी डिस्प्ले साइज तथा प्रोसेसरका बारेमा सर्वसाधारणको धारणा लिने हिसाबले कम्पनीले यसबारेमा सर्वेक्षण गरिरहेको छ।

जानकारी अनुसार इन्टेलको ११औं जेनेरेशन कोर प्रोसेसरका साथमा दुई डिस्प्ले साइजमा ल्याउने कम्पनीको तयारी छ।

इन्टेलका कोर आई३ वा आई५ मध्ये एउटा प्रोसेसर रहने बुझिए पनि डिस्प्ले साइजको यकिन जानकारी बाहिर आएको छैन।

प्रकाशित: २६ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार