खल्तीबाट अब टिभिएसका सबै सवारी साधनहरुको किस्ता तिर्न सकिने

  • Technology Khabar | २६ श्रावण २०७८, मंगलवार
खल्तीबाट अब टिभिएसका सबै सवारी साधनहरुको किस्ता तिर्न सकिने

काठमाडौं ।

खल्तीले नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्ससँगको सहकार्यमा टिभिएसका सबै सवारी साधनहरुको किस्ता खल्तीबाटै तिर्न सकिने सुविधा ल्याएको छ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा कोभिड महामारीका बेला सबै प्रकारको किस्ता सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सुविधा ल्याईएको हो ।

खल्ती डिजिटल वालेट र जगदम्बा मोटर्स बीचको सम्झौतामा हस्ताक्षर भए पश्चात ग्राहकहरुले जुनसुकै समयमा टिभिएसको मोटरसाईकल, स्कुटर, टेम्पो जस्ता सबै सवारी साधनहरुको किस्ता खल्तीबाट सिधै तिर्न सक्ने भएका छन्।

खल्तीले ग्राहकहरुको सहजताको लागि टिभिएस सोरुममा खल्ती क्यूआरहरु पनि सेट गरेका छ जस मार्फत ग्राहकहरुले युनियन पे सँग आवद्द बैंक तथा डिजिटल वालेटहरुबाट पनि भुक्तानी गर्न सक्नेछन् ।

खल्तीबाट टिभिएस सवारीको किस्ता शुल्क भुक्तानी कसरी गर्ने ?

  • खल्तीको होम स्क्रिनमा रहेको ‘ईएमआई’ आइकनमा ट्याप गर्ने
  • ‘जगदम्बा क्रेडिट एण्ड इन्भेस्टमेन्ट’ लेखिएको ब्यानरमा क्लिक गर्ने
  • अब सम्पूर्ण विवरण दाखिला गरि ‘प्रोसिड टु पे’ बटनमा दबाउने

रु. ५००० भन्दा माथिको किस्ता तिर्नु परेमा प्रयोगकर्ताले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ।

प्रकाशित: २६ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Nepal Budget 2083/84: IT leaders urge clear PPP modality and infrastructure support to realize ‘Sovereign AI’

  • Technology Khabar
  • २६ श्रावण २०७८, मंगलवार