आईफोन १३ द्रुत गतिमा उत्पादन हुँदै, कामदारको बोनस बढ्यो

  • Technology Khabar | २५ श्रावण २०७८, सोमबार
आईफोन १३ द्रुत गतिमा उत्पादन हुँदै, कामदारको बोनस बढ्यो

काठमाडौं ।

एप्पलले सामान्यतया सेप्टेम्बरमा आईफोनका नयाँ मोडल सार्वजनिक गर्दै आइरहेको छ। यसै हिसाबले आईफोन १३ पनि आउँदो महिना सार्वजनिक हुनसक्ने प्रबल सम्भावना रहेको छ।

यो तालिका भेट्नका लागि एप्पल तथा यसका लागि एसेम्बल गर्नेहरु तथा अन्य पार्टपुर्जा बनाउने कम्पनीहरुलाई ठूलो मात्रामा कर्मचारीहरु थप्नुपर्ने भएको छ।

आईफोन १३ को उत्पादन तालिका निकै पेचिलो रहेको छ।

सन् २०१९ मा आईफोन ११ उत्पादनका लागि फक्सकनले ठूलो सङ्ख्यामा कर्मचारी भर्ना गर्नुपरेको थियो भने २०२० मा आईफोन १२ का लागि पनि ठूलो रकम खर्च गर्नुपरेको थियो।

हालैका रिपोर्टहरुका अनुसार फक्सकनले कम्तीमा ९० दिन काम गरेका प्रति कर्मचारी १५७५ डलर बोनस दिने भएको छ। यो रकम फक्सकनले जुलाइमा दिएको भन्दा ३१ डलरले बढी छ।

यसैगरी अर्को फाउन्ड्री लेन्स टेक्नोलोजीले पनि बोनस बढाएको छ। फेब्रुअरीमा ७७२ डलर बोनस दिएकोमा अहिले भने फक्सकनकै हाराहारी १५४४ डलर पुर्याएको छ।

हालै पहिलो पटक आईफोन १३ सम्बन्धी अर्डर पाएको लक्सशेयर प्रसिजनले अन्य कम्पनीबाट आफ्नोमा आउनेलाई ५८७ डलर बोनस दिने घोषणा गरेको छ।

प्रकाशित: २५ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...